आइतबार , भाद्र १४, २०८३

प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले बोल्दाबोल्दै सभामुख देवराज घिमिरेले माइक काटेपछि प्रतिपक्षी दलहरुले सदन अवरुद्ध गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा रास्वपा सांसद ढकालले विद्युत प्रधिकरण र सरकारबीचको टसलबारे कुरा उठाउन लागेका थिए । डेडिकेटेड र टंक लाइन विवादमा ६ वटा उद्योगको लाइन नेपाल विद्युत प्राधिकरणले काटेपछि सरकार र प्राधिकरणबीच पानी बाराबरको अवस्था सिर्जना भएको छ । ढकालले सोही विषयमा कुरा राख्न खोजेका थिए ।

ढकालले सो विषय राख्न खोज्दा घिमिरेले आकस्मिक समयमा अन्य विषय नजोड्न आग्रह गर्दै माइक काटेपछि २५ मिनेटसम्म सदन अवरुद्ध बनेको थियो । २५मिनेटपछि फेरि सांसद ढकाललाई बोल्नदिन सभामुख राजी भएपछि सदनको अवरोध खोल्यो । सदनको अवरोध खुलेपछि सांसद ढकालले सरकारले बहुमतको रवैया देखाएको आरोप लगाए । उनले प्रतिपक्षी दल कमजोर नभएको भन्दै दुईतिहाइको दम्भ नदेखाउन सरकारलाई चेतावनीसमेत दिए ।

उनले भने,‘प्रतिपक्ष कमजोर छैन। भ्रष्टाचारविरुद्धको महाअभियानमा जोडिएको पार्टी हो रास्वपा।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP