आइतबार , असार १४, २०८३

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले सरकारले विजुलीको बक्यौता एक सुका पनि छोड्न नहुने बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले कसैको आदेशले विद्युत वक्यौता छुट दिन नसकिने बताएका हुन् । उनले २०८० पुसमा विद्युत वक्यौताबारे छानविन गर्न तत्कालीन सरकारले लाल आयोग बनाएको र २०८१ वैशाखमा आयोगको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको स्मरण गराउँदै उनले वर्तमान सरकारले अघिल्लो सरकारले गरेको कामलाई निरन्तरता दिनुपर्ने बताए ।

‘सरकार त निरन्तरता हो । यो भन्दा अगाडिको सरकारले बनाएको आयोगको प्रतिवेदनलाई टेक्नैपर्छ । अदालतका आदेशलाई टेक्नैपर्छ । संसदीय समितिको निर्देशनलाई टेक्नैपर्छ । कुनै पनि समितिले, कुनै पनि आयोगले, कसैले गरेको निर्णयमा जसले विजुली प्रयोग गरेको छ, प्रयोग गर्नेको वक्यौता नउठाउ भनेर कसैले भन्छ ? नउठाउन पाइन्छ ? एक रुपैयाँ पनि छोड्न पाइँदैन, एक सुका पनि छोड्न पाइँदैन । अर्ब अर्ब होईन । सरकारका निकायले पनि ज–जसलाई जे अह्राइएको छ, त्यो गर्नुपर्ने पर्छ । कसैको लहडले पनि हुँदैन, कसैको आदेशले पनि हुँदैन । विधिको शासन भनेको त्यही हो । यो विषयको सम्बन्धमा सरकारले यहाँ प्रष्ट भन्नुपर्छ,’– उनले भने ।

बक्यौता नतिरेको भन्दै प्राधिकरणले छ वटा उद्योगको लाइन काटेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि काटिएको लाइन जोडिएको थियो । विभिन्न उद्योगहरुले डेडिकेटेड ट्रङ्क लाइन विवादमा प्राधिकरणलाई २२ खर्ब भन्दा बढी बक्यौता बुझाउन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP