सोमबार , बैसाख ८, २०८२

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकीकृत समाजवादीसहितका दलहरुसँग वामपन्थी एकताको पहल भइरहेको बताएका छन् । आज (शनिबार) पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महेन्द्र राय नेतेत्वको नेसपासँग एकताको पहल भइरहेको जानकारी गराएको प्रवक्ता अग्नि सापकोटाले बताए ।

‘समाजवादी मोर्चामा रहेको शक्तिहरुसँग पनि कुराकानी भइरहेको छ । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव विप्लव, गंंगानारायण श्रेष्ठ, महेन्द्र राय यादवसित पनि कुरा चलिरहेको छ । अब बृहत वामपन्थी एकताका लागि तीब्र र घनिभूत पहल कमदमी लिनुपर्छ । देशभक्त, जनवादी प्रगतिशील शक्तिहरुको मोर्चा बनाउनका लागि हामीले जोड दिएर पहल कमदमी लिनुपर्छ भन्नु भएको छ,’– प्रचण्डको भनाइ उद्धृत गर्दै सापकोटाले भने ।

प्रचण्डले एकताको पहल भइरहेको कुरा एकीकृत समाजवादीको १०औं महाधिवेशन उद्घाटन समारोहमा नै खुलासा गरेका थिए । महाधिवेशनमै प्रचण्डले माओवादीसँग एकताको पहल भइरहेको खुलासा गरिदिँदा पनि एकीकृत समाजवादीका अध्यक्ष मौन छन् । उनले अहिलेसम्म माओवादीसँग पार्टी एकता गर्नेबारे कुनै सार्वजनिक कार्यक्रममा भने बोलेका छैनन् । तर, एमालेसंग पार्टी विभाजनको औचित्व पुष्टि नभएको भन्दै एकीकृत समाजवादीका धेरै नेताहरु असन्तुष्ट छन् ।

यस्तो अवस्थामा एकीकृत समाजवादीका अध्यक्ष नेपाल केही पनि नबोल्नु ‘मौनम् स्वीकृति लक्षणम्’ पनि हुनसक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP