आइतबार , भाद्र १४, २०८३

माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले बंगलादेशको पछिल्लो घटनाबाट नेपाली शासकहरुले पनि पाठ सिक्नुपर्ने बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले बंगलादेशको घटनाबारे सोधेका थिए । विद्यार्थीहरुको आन्दोलन चर्किएपछि शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेकी छन् ।

यसलाई कतिपयले नेपालमा पनि यस्तो हुनसक्छ भनेका छन् नि भन्ने प्रश्नमा पूर्वप्रधानमन्त्री प्रचण्डले बंगलादेशको घटनाक्रमलाई राम्रोसँग अध्ययन गरिनसकेको बताए ।

उनले अगाडि भने, ‘म यत्ति भन्छु, हामीसँग बहुमत छ जे गरे पनि हुन्छ भनेर शासकहरुले ठान्नु दुर्भाग्यपूर्ण भन्ने कुरा नेपाली शासकहरुले बुझ्दा राम्रो हुन्छ ।’

संविधान संशोधनको विरोधी होइनौं

माओवादी अध्यक्ष प्रचण्डले आफूहरु संविधान संशोधनको विरोधी नभएको बताएका छन् । तर सत्तारुढ कांग्रेस–एमालेले गर्न खोजेको संविधान संशोधन र आफूहरुले चाहेको संशोधनमा फरक रहेको उनले बताए ।

‘हामी अहिलेसम्म प्राप्त उपलब्धिहरुमा टेकेर अझ अधिकार दिन संविधान संशोधनको पक्षमा छौं’, प्रचण्डले भने, ‘अहिलेको सरकारको प्रकृति, विगतको पृष्ठभूमि सबै हेर्दा उनीहरुले जनतालाई अझ अधिकार सम्पन्न बनाउन होइन, अधिकार कटौती गर्ने उद्देश्य अन्तरनिहीत भएकाले आलोचना गरेका हौं ।’

उनले गाडि भने, ‘निर्वाचन प्रणालीमा सुधार आवश्यक छ भन्ने हामीलाई पनि लागेको छ । तर उहाँहरुले सोचेको संशोधन मनशाय र हाम्रो १८० मा फरक छ । हामी अझ समावेशी बनाउन संविधान संशोधन भन्छौं, उहाँहरु कटौती गर्न, झण्डैझण्डै २ पार्टी भनेर पश्चिमा लोकतन्त्रको नक्कल गर्न दुस्साहस गर्दै हुनुहुन्छ ।’

कांग्रेस र एमाले मिल्नासाथ संविधान संशोधन भइनहाल्ने समेत उनले बताए । ‘प्रतिनिधिसभा र राष्ट्रियसभामा दलहरुको जस्तो उपस्थिति छ, उनीहरुले मात्र गर्दैमा संविधान संशोधन संविधानत: र कानुनत: हुनसक्ने स्थिति छैन’, प्रचण्डले भने, ‘त्यसकारण यसको तात्विक अर्थ पनि छैन भन्ने मलाई लाग्छ ।’

साथै बहुमतको बलमा समानुपातिक समावेशीताको अधिकार कतौती गर्ने दुस्साहस गरिए स्वीकार्य नहुने पनि उनले बताए । ‘विगतमा संसद विघटन गर्दा जसरी सडकमा गएर प्रतिवाद गरेका हौं, त्यही गर्न बाध्य हुन्छौं’, उनले चेतावनीको भाषामा भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP