सोमबार , भाद्र १५, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अनावश्यक लान्छना लगाइरहेको बताएका छन् ।

आज (शुक्रबार) पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमाथि सरकार अस्वभाविक र अप्राकृतिक ढंगले प्रस्तुत भइरहेको ब्रिफिङ गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने, ‘विद्युत प्राधिकरणका कार्यकारी अधिकृतमाथि अस्वभाविक ढंगले, अप्राकृतिक ढंगले लान्छना लगाउने कुरा भइरहेको छ ।’

त्यस्तै, प्रवक्ता सापकोटाका अनुसार प्रचण्डले आफू नेतृत्वको सरकारको पालामा सुरु भएको सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई वर्तमान सरकारले अगाडि बढाउनुको साटो अवरोध सिर्जना गरेको बताए । ‘सरकारले त्यस्तो सुशासनको सवालमा, भ्रष्टाचार विरोधी अभियानमा अवरोध हुने खालका कुरा नगरोस् भनेर हामीले खबरदारी गरेका छौं,’– प्रवक्ता सापकोटाले भने ।

माओवादी केन्द्रको स्थायी कमिटीको अर्को बैठक भोलि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उनले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP