सोमबार , बैसाख ८, २०८२

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्सँग सरकारले तत्काल स्पष्टीकरण सोध्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो माग गरेका हुन् ।
उनले भने,‘गत असार २८ गते २ वटा बस त्रिशुली नदीमा बेपत्ता भएका छन् । हाम्रो ठूलो धनजनको क्षति भएको छ । आजसम्म हामीले ४० भन्दा बढि यात्रा भेटेका छैनौं । तर, यो समयमा छिमेकी मित्रराष्ट्रका एक जना महामहिम राजदूतले गम्भीर कुटनीतिक मर्यादाविपरित र आचारसंहिताविपरित अभिव्यक्ति दिन थाल्नुभएको छ । बस र यात्रु खोजी कार्यमा संलग्न रहेको टोलीलाई गुड लक अल द सर्च टिम भनेर ट्विटरमा लेख्ने गरिएको छ, बस नखोज चुम्बक खोज भन्ने गरिएको छ । कमसेकम नेपाललाई आपत पर्दा सहयोग गरौं र मानवीय संवेदनाको बारेमा बोलौं । अप्ठ्यारो परेका बेलामा हामीलाई हाँसीमजाकमा नउडाऔं भनेर म भन्न चाहन्छु । यसमा पररराष्ट्र मन्त्रालयले सम्बन्धित राजदूतलाई स्पष्टीकरण लिओस भन्न चाहन्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP