सोमबार , भाद्र १५, २०८३

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्सँग सरकारले तत्काल स्पष्टीकरण सोध्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो माग गरेका हुन् ।
उनले भने,‘गत असार २८ गते २ वटा बस त्रिशुली नदीमा बेपत्ता भएका छन् । हाम्रो ठूलो धनजनको क्षति भएको छ । आजसम्म हामीले ४० भन्दा बढि यात्रा भेटेका छैनौं । तर, यो समयमा छिमेकी मित्रराष्ट्रका एक जना महामहिम राजदूतले गम्भीर कुटनीतिक मर्यादाविपरित र आचारसंहिताविपरित अभिव्यक्ति दिन थाल्नुभएको छ । बस र यात्रु खोजी कार्यमा संलग्न रहेको टोलीलाई गुड लक अल द सर्च टिम भनेर ट्विटरमा लेख्ने गरिएको छ, बस नखोज चुम्बक खोज भन्ने गरिएको छ । कमसेकम नेपाललाई आपत पर्दा सहयोग गरौं र मानवीय संवेदनाको बारेमा बोलौं । अप्ठ्यारो परेका बेलामा हामीलाई हाँसीमजाकमा नउडाऔं भनेर म भन्न चाहन्छु । यसमा पररराष्ट्र मन्त्रालयले सम्बन्धित राजदूतलाई स्पष्टीकरण लिओस भन्न चाहन्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP