आइतबार , भाद्र १४, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डीआइजी डा. मनोज केसीको सरुवा आफूलाई कुनै नयाँ नलागेको प्रतिक्रिया दिएका छन् । आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यो वर्तमान सरकारको अकर्मण्यताको ट्रेलरमात्रै भएको बताए । उनले पूर्ण तस्वीर आउन बाँकी नै रहेको दाबी गरे ।

‘मैले त आश गरेको चिज हो । मलाई नयाँ लागेकै छैन । ठूला पार्टी एक ठाउँमा उभिएपछि यही हुन्छ भनेर हामीले भन्न खोजेका थियौं । सामान्य विषयमा अर्को ठूलो पार्टी प्रतिपक्षमा हुँदा कत्रो ठूलो हंगामा भएको थियो नि त । मलाई केही समय धैर्य गर्न दिनुस्, हेर्दै गर्नुस् । यो ट्रेलर हो । पिक्चर बाँकी नै छ,’– लामिछानेले भने ।

गृहमन्त्रालयले डिआइजी केसीलाई आकस्मिक रुपमा सरुवा गरेको थियो । केसी उनै प्रहरी अधिकृत हुन, जसले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा संलग्न बेचन झा र पूर्वगृहमन्त्री एवम् एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकलाई पक्राउ गरेका थिए । झा र थापा पक्राउपछि नेपाली राजनीति तरंगित बनेको थियो ।

केसीको सरुवा दुई महिनापनि नपुगी भएको छ । उनलाई विशेष ब्युरोमा खटाएको दुई महिना नपुग्दै अहिले गृहमन्त्रालयले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सुरुवा गरेको छ । केसीको ठाउँमा डिआइजी राजन अधिकारीलाई ल्याईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP