आइतबार , भाद्र १४, २०८३

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट गद्दारकै व्यवहार भएको टिप्पणी गरेका छन् । आज (शनिबार) पुष्पलाल जन्मशताब्दीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालीन अवस्थामा पुष्पलालदेखि मनमोहन अधिकारीसम्म आफूहरुले गद्दार भनेको बताउँदै अहिले पनि गद्दारकै जस्तो व्यवहार भएको बताए । सो कार्यक्रममा पूर्व प्रधानमन्त्री प्रचण्डसमेत सहभागी थिए ।

‘त्यो बेलामा हामीले सबैलाई गद्दार भन्दिएका थियौं । त्यतिखेरको दस्तावेज हेर्नुहोस्,–पुष्पलाललाई पनि गद्दार, मोहनविक्रम सिंहलाई पनि गद्दार, शम्भुराम श्रेष्ठलाई पनि गद्दार, मनमोहन अधिकारीलाई पनि गद्दार, यी सबै गद्दार गुटका विरुद्ध दृढताको साथ जुटौं भन्ने मूल नारा नै अगाडि सारेका थियौं ।’ उनले भने, ‘एउटा क्रान्तिकारी जोश थियो । तर, सशस्त्र संघर्ष गर्ने आँट छैन । हामी अलि उग्रवामपन्थी सोचबाट प्रभावित थियौं । हुन त कमरेड प्रचण्ड यही हुनुहुन्छ– सबैलाई गद्दार भन्यो कि भनेर भन्नु त भएको छैन ? (हाँस्दै) व्यवहार गद्दारकै भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP