सोमबार , बैसाख ८, २०८२

परराष्ट्रमन्त्री डा. आरजु राणाले चिनियाँ परियोजना बीआरआईको कार्यान्वयन सवालमा बृहत्त छलफलको आवश्यकत्ता औंल्याएकी छिन् । आज बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उनले यस्तो बताएकी हुन् ।

उनले कुनैपनि देशसँग नेपालले सन्धी तथा सम्झौता गर्दाखेरि बृहत्त छलफल गर्दा नै देश र भावी पुस्ताको लागि पनि राम्रो हुने टिप्पणी गरिन् । उनले बीआरआई ऋणमा लिने हो कि वा अनुदानमा भन्ने कुरा तय नभएको स्पष्ट पारिन् । उनले एमसिसी सम्झौता गर्दापनि व्यापक छलफल गरिएको स्मरण गराईन् ।

उनले कुनैपनि राष्ट्रसँग ठूलो डकुमेन्टेशनमा साईन गर्दा ठूलो छलफल हुनु राम्रो हुने धारणा राखिन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआईको कार्यान्वयनको लागि व्यापाक छलफल गराउने विश्वास दिलाईन् । बीआरआई अहिले फ्रेमवर्कमात्रै भएको र डराएरै भाग्नुपर्ने खालको नभएको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP