शुक्रबार , बैसाख ५, २०८२

काठमाडौं, ९ साउन । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा रहेको भीमसेनको शिलामा पसिना आएको छ । आज (बुधबार) ११ बजेदेखि करिब साढे २ घण्टासम्म भीमसेनको शिलामा पसिना आएको बताइएको छ । यसअघि गत साउन ५ गते पनि भीमसेनको शिलामा पसिना आएको थियो ।

भीमेश्वर नगरपालिका प्रमुख ईश्वरनारायण मानन्धरका अनुसार भीमसेनको शिलाको बाँया भागबाट पसिना आउँदा अनिष्टको संकेत मानिन्छ । मेयर माननन्धरका अनुसार वि.सं.१९९०, १९९७, २००७, २०१७, २०३६, २०४६, २०५७, २०६४, २०७२, २०७७, २०७८ र २०८१ साउन ५ गते शिलाको बाँया भागबाट पसिना आएको थियो । यी समयको आसपासमा ठूला राजनीतिक परिवर्तन, प्राकृतिक विपत्ति र अन्य दुःखदायी घटना भएको इतिहास छ । भीमसेनलाई आएको पसिनाले ती घटनाहरुको पूर्वसंकेत गरेको जनविश्वास रहँदै आएको मेयर मानन्धरले बताए ।

‘भीमसेनको शिलामा पसिना आउँदा शुभ हुने संकेत पनि छ, अनिष्ट हुने संकेत पनि मानिन्छ । शिलाको बाँयाबाट पसिना आउँदा अनिष्टको संकेत, दाँयाबाट आउँदा शुभ संकेतको जनविश्वास छ । साउन ५ गते शिलाको बाँयाबाट पसिना आएको थियो । आज शिलाको शिर हुँदै मध्य भागसम्म पसिना आएको छ,’– मेयर मानन्धरले संक्षिप्त कुराकानीमा भने ।

भीमेश्वरको शीलामा पसिना आउँदा राजतन्त्रकालमा दरबारले पञ्चवली पठाउने चलन थियो । गणतन्त्रपछि त्यो परम्परा छोडिएको छ । गणतन्त्रपछि भीमेश्वरको शीलामा पसिना आउँदा राष्ट्रपतिलाई महाप्रसाद पुर्याउने, राष्ट्रपतिले भेटिघाटी दिने तथा साइत निकालेर राष्ट्रपतिकै नाममा क्षमापूजा लगाउने प्रचलन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP