सोमबार , भाद्र १५, २०८३

सरकारले सौर्य एयरलाइन्स जहाज दुर्घटना छानविनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएअनुसार नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक सुदीप भट्टराई र श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी उक्त आयोगको सदस्य रहने छन् । त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल उक्त आयोगको सदस्य सचिव रहने बताइएको छ । सरकारले छानविनका लागि आयोगलाई ४५ दिनको समय दिएको छ ।

आज काठमाडौंबाट पोखराको लागि उडेको सौय एयरलाईन्सको जहाज धावनमार्ग छाडेर करिब पाँच सय मिटर उडेसँगै दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका १८ जनाको निधन भएको छ भने जहाजका पाइलट मनिषरन्त शाक्यको सकुशल उद्धार गरिएको थियो । उक्त जहाजमा २ जना चालक दलको सदस्य र बाँकी १७ जना सोही एयरलाइन्समा कार्यरत प्राविधिक तथा इन्जिनियरहरु रहेका थिए ।

जहाज दुर्घटनामा निधन हुनेहरुमा कोपाइलट एस कटुवालसहित अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, आश्विन निरौला, सुदीपलाल जोशी, शर्वेस मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही, प्रिजा खतिवडा र आरिफ रेडा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP