सोमबार , बैसाख ८, २०८२

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संविधान र लोकतन्त्रप्रति आफू सदैव निष्ठावान रहेको जिकिर गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा आफूले राखेको विश्वासको मतसम्बन्धीको प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै संविधानको रक्षा सदैव आफ्नो प्राथमिकतामा रहेको बताए ।

फरक प्रसंगमा प्रधानमन्त्री अ‍ोलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई संविधानको चिन्ता नलिनपनि आग्रह गरे । ‘परार बनेको पार्टीले संविधानको चिन्ता लिनुपर्दै । हामीले लिन्छौं । संविधान र लोकतन्त्रको जिम्मा हामीलाई छाडिदिनुस्’ उनले भने ।

यसअघि सदनमा आफ्ना कुरा राख्नेक्रममा एसका अध्यक्ष नेपालले ओलीबाट संविधान खतरामा रहेको बताएका थिए । त्यसैको जवाफ ओलीले सदनबाटै दिएका हुन् ।

प्रधानमन्त्री ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिवद्धता दोहोर्याएका छन् । ‘भ्रष्टाचार म गर्दिन अरूलाई पनि गर्न दिन्न’, प्रधानमन्त्रीले भने,‘म फेरि भन्छु भ्रष्टाचार म गर्दिन, अरूलाई पनि गर्न दिन्न ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP