मंगलबार , बैसाख २९, २०८३

नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले प्रतिपक्षी तीन दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएर केही फरक नपर्ने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत नदिँदैमा केही फरक नपर्ने बताएका हुन् ।

उनले प्रतिपक्षी तीन दल सिद्धान्त मिलेर एक ठाउँमा नउभिएको टिप्पणी गरे । नेता थापाले प्रतिपक्षी तीन दललाई स्वार्थले एक ठाउँमा पुर्याएको र स्टन्टबाजहरु मिलेको टिप्पणी गरे । ‘उहाँहरु तीन वटा पक्ष एक ठाउँमा हुनुहुन्छ । उहाँहरु सिद्धान्त मिलेर एक ठाउँमा हुनुभएको होईन, स्वार्थले हुनुहुन्छ । उहाँहरुका स्टन्टबाजी एक ठाउँमा मिलेका छन् । विश्वासको मत नदिएर सरकारलाई केही फरक पर्दैन । उहाँहरुको कारणले सरकार बनेको पनि होईन,’– उनले भने ।

साथै,अहिले एमालेको मात्रै सरकार नभएको उनले बताए । मिलिजुली सरकार रहेको अवस्थामा एमालेको मार्गदर्शन प्रधानमन्त्री ओलीलाई हिजो हस्तान्तरण गरिएको उनले बताए । महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीलाई सुझावपत्र हस्तान्तरण गरेको उनले बताए । सत्ता साझेदार अन्य दलहरुबाट पनि प्रधानमन्त्रीलाई सुझाव आउने र सोही आधारमा सरकारको साझा नीति कार्यक्रमलाई गाइडलाइन गर्ने उनले बताए ।

सहकारी ठगी प्रकरण छानविनका लागि बनेको संसदीय विशेष समितिको सभापतिसमेत रहेका थापाले समितिको काम तीब्र गतिले भइरहेको बताए । उनले अहिले आफूहरु जानकारी लिने चरणमा नै रहेको विभिन्न निकायहरुबाट जानकारी र सहयोग भइरहेको बताए । नेता थापाले टीओआरको अनुसूचीमा रहेका सबै सहकारीसँग सम्बन्धि कागजपत्र र प्रमाणहरु प्राप्त भइरहेको बताए ।

‘अहिलो हामी जानकारी लिने चरणमा छौं । गृहमन्त्रालय, सचिव, सुरक्षा निकायका प्रमुखहरु, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभाग, भन्सार विभागका प्रमुखसहित हामीले सहकारी विभागका रजिष्टार, प्रमुख हुँदै हिजो हामीले स्थानीय तह र प्रदेशका सहकारी क्षेत्र हेर्ने नियमक निकायका आधिकारीहरुलाई बोलाएर जानकारी लिएका छौं । अनुसन्धान, अनुसन्धान प्रतिवेदनलाई सुनेका छौं, प्राप्त गरेका छौं,’ उनले भने, ‘सबै सहकारीको तथ्यहरु प्राप्तिका चरणमा हामी अगाडि बढेका छौं । सबैले राम्रो सहयोग गर्नुभएको छ । हामी अनुशनस्थलमा चाहीँ गएका छैनौं । पीडितहरुका प्रतिनिधिलाई बोलाएर उहाँहरुको माग सुनेका छौं । अनशनमा समर्थन जनाउने काम हाम्रो होईन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP