आइतबार , असार १४, २०८३

काठमाडौं, ३ साउन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको दिनदेखि नै सरकारको दिनगन्ती सुरु भएको टिप्पणी गरेका छन् ।

आज (बिहीबार) आयोजित ‘बीआरआई वास्तविकता र भ्रम’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री नियुक्त भएको दिनदेखि नै ओली ‘आज हो कि भोलिको’ को तनावमा बस्नुपरेको बताएका हुन् ।

‘केपी ओलीको सरकार बनेको दिनदेखि सुरु भइसकेको छ, उहाँ आजै फाल्छन् कि भोलि नै फाल्छन् भन्ने तनावमा बस्नुभएको छ,’– महासचिव चन्दले भने ।

नेता विप्लवले सबै सिंहदरबार र सत्ताको खेलमा लागेको टिप्पणी गरे । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सत्ता र सिंहदरबारको खेलमा रुमलिएको टिप्पणी गरे ।

नेता विप्लवले युवा विदेश गएर डलर कमाएर सुख पाउने सपना देखेरमात्रै नहुने बताए । उनले चीनबाट बीआरआई प्रोजेक्ट आउँदैमा नेपाल रातारात धनी नहुने बताए । उनले कुनै–कुनै प्रोजेक्ट सित्तैमा दिएपनि लिन नहुने बताए । बीआरआईबारे चीनले जसरी भनेको छ, त्यसरी नै बुझ्नुपर्ने बताए । File Photo/RN

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP