आइतबार , असार १४, २०८३

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मन्त्रालयबाट विदा भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेर कांग्रेस–एमाले गठबन्धनको सरकार बन्ने निश्चित भएसँगै उनी औपचारिक रुपमा विदाइ भएका हुन् ।

विदाइ कार्यक्रमको अवसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले काम गर्ने क्रममा भएका कमजोरीहरुको जिम्मा लिने बताए । उनले आफ्नो कार्यकालमा स्पिडको साथ काम भएको बताए । ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाउँदा शान्ति सुव्यवस्था र अपराध अनुसन्धानमा असर देखिन सक्ने उनले चिन्ता व्यक्त गरे ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणका बेचन झा पक्राउ परेपछि सत्ता समीकरणमा फेरबदल आएको दाबी गरे । सत्ता समीकरणमा फेरबदल आएसँगै अनुसन्धानका क्रममा रहेका कतिपय मुद्दाहरु प्रभावित भएको उनको भनाइ छ । गृहमन्त्री लामिछानेले सत्ता समीकरणमा फेरबदल आएसँगै सञ्चारकर्मीहरुको पनि कमल लुकेको टिप्पणी गरे ।

‘कतिपय कुराहरु छानविनका क्रममा थिए, कतिपय कुराहरु बयानका क्रममा थिए, फरार अभियुक्तहरु पक्राउ परेका थिए । अब फरार अभियुक्त पक्राउ भएसँगै कयौं कुराहरु बाहिर आएका छन् । बाहिर आएका कयौं चिजहरु सरकार परिवर्तनसँग सामसुम्म देखिन्छ । चाइचुईँ नबोलेको अवस्था छ । त्यतिखेर नेपाल प्रहरीले र अनुसन्धान व्यूरोले तदारुकताका साथ काम गरोस् । कमल झुक्दैन, कलम रोकिँदैन भन्ने मैले सुनेको थिएँ । कलम रोकियो । बेचन झा पक्राउ परे । मन्त्रिपरिषद्मा निर्णय गराउँछु भन्ने अडिओ सार्वजनिक भएको छ । त्यहाँ पुष्टि हुने ठाउँहरु प्रशस्त छन् । तर, भोलि पुष्टि हुँदा, अनुसन्धानको सुईँ शक्तिकेन्द्र पुग्दा तपाईँहरुको हात नकापोस्,’– उनले भने ।

साथै, बलात्कारपछि मारिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउने विषयमा अत्यन्त नजिक पुगेको उनको दाबी छ । उनले आफूलाई बारम्बार उक्त प्रश्न सोधिएको भएपनि रिजल्ट आएपछि भन्ने भनेर बसेको बताए । ‘निर्मला पन्तको विषयमा अत्यन्त नजिक पुगेका छौं हामी । एकदमै नजिक, बारम्बार मलाई सोधियो, मैले कहिले पनि भनिनँ । किनकी रिजल्ट आओस् अनि भनौंला भनेर । हामी कति नजिक छौं, सुरक्षा निकायलाई थाहा छ,’–उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP