सोमबार , बैसाख ८, २०८२

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मन्त्रीहरुको नाम टुङ्गो लगाउन सकस परेको छ । हिजो (सनिवार) बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले योगदान र योग्यताको आधारमा समावेशिता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर मन्त्री चयन गर्ने निर्णय गरेको थियो । तर, संस्थापनइत्तर समूहले ४ वटा मन्त्रालय आफूहरुले पाउनुपर्ने अडान राखेपछि देउवा थप संकटमा परेका छन् ।

सभापति देउवाले कांग्रेसले पाउने १० मध्ये ३ जना मन्त्री इत्तर समूहलाई दिने तयारी गरेसँगै डा.शेखर कोइरालाले नेतृत्व गरेको (शेखर–गगन) समूहको बैठक बसी ४ वटा मन्त्रालय पाउनुपर्ने अडान कायम राखेको छ । कोइरालाको विशालनगरस्थित सचिवालयमा बसेको बैठकमा महामन्त्री गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी थिए ।

संस्थापन इतर समूहबाट सांसदहरु जीवन परियार, बद्री पाण्डे, चन्द्र भण्डारी , प्रदीप पौडेल, प्रतिमा गौतम र अर्जुननरसिंह केसीलगायतले मन्त्रीका लागि लविङ गरिरहेका छन् । शेखर–गगन समूहले चार मन्त्री माग गर्ने र समूहबाट पठाउने मन्त्रीको चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP