आइतबार , असार १४, २०८३

नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्रीमा केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनेवित्तिकै सर्वोच्च अदालतमा मुद्दा पर्ने बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओलीको विरुद्ध एनजीओ, आईएनजीओहरुले मुद्दा तयार गरेर राखेको बताएका ह्ुन् । उनले अहिले वकिलहरुलाई देखाएर एनजीओ, आईएनजीओहरुले सवोच्च अदालतमा मुद्दा लानेगरेको बताएका हुन् ।

‘मुद्दा पर्छ । हामीले मुद्दा हाल्नुपर्दैन । आईएनजीओ, एनजीओ डलर बोकेर बसिराखेका छन् । वकिललाई देखाएर एनजीओ, आईएनजीओहरुले हाल्छन् । सधैं हालिरहेका छन्,’– उनले भने ।

नेता बिडारीले आफू संविधानको मस्यौदारसमेत रहेको स्मरण गराउँदै प्रधानमन्त्रीमा ओलीको नियुक्ति विधायिकी मनशायअनुसार नै रहेको बताए । उनले संविधानको धारा एक पटक प्रयोग भएपछि अर्को पटक प्रयोग हुनसक्दैन भन्न नमिल्ने बताए । सरकार बन्ने सम्भावना रहेसम्म सोही धारा पुनरावृत्ति गराएर सरकार गठनका लागि आह्वान गर्न सकिने उनको तर्क छ । यदि एक पटक एउटा उपधारा प्रयोग गरेर सरकार बनाइसकेपछि फेरि उक्त धारा प्रयोग गर्न सकिँदैन भन्ने हो भने ६÷६ महिनामा निर्वाचन हुने परिस्थिति बन्ने उनको चेतावनी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्बाट विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए । राष्ट्रपति पौडेलको आह्वानबमोजिम कांग्रेस–एमाले मिलेर केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन दाबी पेश गरिसकेका छन् ।

माओवादी केन्द्रले भने प्रचण्ड ७६ (२) बमोजिम प्रधानमन्त्री बनेको र उनले विश्वासको मत नपाउँदै गर्दा स्वतः उपधारा ३ आकर्षित हुने दाबी गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP