मंगलबार , बैसाख २९, २०८३

नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले कांग्रेस–एमालेले मध्यरातमा अमुक व्यक्तिको घरमा बसेर अपारदर्शी सहमति गरेको आरोप लगाएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले एमाले–कांग्रेसबीच भएको आधिकारिक सहमति बाहिर नआएको भन्दै उनले ‘अपारदर्शी र अनैतिक’ सम्झौताको संज्ञा दिएका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसँग स्वार्ग गएपनि, नर्क गएपनि सँगै जाने भनेर ललितपुरमा आफ्ना नेताहरुले सहमतिको ड्राफ्ट गर्न पठाएको बताए ।

‘उहाँहरुले अपारदर्शी प्रकारको सम्झौता गर्नुभएको भन्ने हाम्रो निश्कर्ष छ । आज यतिबेला हामी यो संसद्मा छलफल गरिहँदासमेत दुई दलका बीचमा के–कस्ता सम्झौताहरु भए ? अधिकारिक रुपमा बाहिर आएको छैन । मिडिया ट्रायलका निमित्त उहाँहरुले विभिन्न प्रकारको ट्वीटहरु गर्नुभएको छ । त्यसैलाई मात्रै पत्याउनुपर्ने हो भने अलग कुरा हो ।’ उनले भने, ‘नभए उहाँहरुले मध्यरातमा अमुक व्यक्तिका घरमा गरेको सम्झौताभित्र के छ ? हामीले हेर्न पाएका छैनौं । अपारदर्शिता, अनैतिकता त्यहाँबाट सुरु भएको छ । दिनभरी प्रधानमन्त्रीसँग बसेर नर्क गएपनि, स्वर्ग गएपनि सँगै जाउँला भन्ने, ललितपुरमा ड्राफ्ट गर्नका निमित्त आफ्ना नेताहरुलाई खटाउने कहाँको नैतिकता हो । भर्खरै सत्तापक्षको कुर्सी छोडेर प्रतिपक्षमा पुग्नुभएका प्रिय कमरेडहरु यही हो नैतिकता ?’

प्रधानमन्त्री प्रचण्ड भुटानी शरणार्थी प्रकरणको फाइल फेरि खोल्ने कार्यमा अगाडि बढेपछि कांग्रेस–एमालेमा बैचैनी बढेको उनको आरोप छ । ‘भटानी शरणार्थी प्रकरणको फाइल फेरि खोल्ने भनेर प्रधानमन्त्री प्रचण्ड अगाडि बढ्नुभयो । बेचन झाको गिरफ्तारी र त्यसबाट प्राप्त भएको तथ्य, प्रमाणहरु विस्तारै सार्वजनिक हुँदैगए । रोस्ट्रमबाटै गृहमन्त्रीले पनि भन्नुभयो । सार्वजनिक रुपमा प्रधानमन्त्रीले पनि बोल्नुभयो । बेचन झाको प्रमाणहरु आएपछि तपाईँहरु बेचैन हुँदै डुङ्गा प्वाल परेको देख्नुभयो,’– उनले भने ।

गिरीबन्धुको कालो धब्बाले धपक्कै छोपिएका र बेचन झा पक्राउ परेपछि बेचैनी बढेकाहरुले माओवादीलाई नैतिकताको पाठ सिकाउनु उपयुक्त नहुने उनको भनाइ छ । उनले तपाईहरु गिरीबन्धुको कालो धब्बा कसरी पखाल्नुहुन्छ भन्दै प्रश्न गरे ।

‘गिरीबन्धुको कालो धब्बाले धपक्कै छोपिएर, बेचन झाले बेचैन बनाएकाहरुले हामीलाई नैतिकताको पाठ सिकाउने ? मलाई लाग्छ यो नैतिकता होईन । तपाईँहरु पहिला गिरीबन्धु टि स्टेटको कालो धब्बा कसरी पखाल्ने ?’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP