शनिबार , जेठ ३२, २०८२

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । आज (शनिबार) प्रधानमन्त्री दाहाल भेट्न शेखर कोइराला बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री दाहालले कांग्रेस र एमाले मिलेर सरकार बनाउन लागेपछि यही असार २८ गते शुक्रबार विश्वासको मत लिँदैछन् । सरकारमा सहभागी एमाले सरकारबाट बाहिरिएको छ । उसले सरकारलाई दिएको समर्थन फिर्ता पनि लिएको छ । उता, अशोक राई नेतृत्वको जसपापनि सरकारबाट बाहिरिएको छ ।

प्रधानमन्त्री दाहाल अल्मतमा परेपछि उनले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री दाहालले विश्वासको मत लिन असफल भए नयाँ सरकार गठन संविधानको धारा ७६ को ३ अनुसार हुनुपर्ने दाहालको चाहना छ ।

यस्तोमा ठूलो दलको नाताले सरकारको नेतृत्व स्वतः नेपाली कांग्रेसले गर्ने उनको बुझाई छ। एमालेले भने प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्ने अडान लिएको थियो ।

यही सन्दर्भमा कांग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री दाहालसँग गरेको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । कोइरालालाई पछिल्लो समय दलको नेता बन्नको लागि उनका समूहका नेताहरुको दबाब छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 113 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP