मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले राजनीतिक सक्रियता बढाएका छन् । पछिल्लो समय कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति भएको छ । सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उच्चस्तरमा वार्ता गरेर सहमति गरेपछि मात्रै कोइराला समूहले थाहा पाएको थियो ।

यद्धपी कांग्रेस र एमाले मिलेर सरकार चलाउनुपर्ने र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने एजेण्डा उठाउँदै आएका कोइराला नयाँ समझदारीबाट खुशी नै रहेको आम बुझाई छ । उनले संविधानको सबै कुरामा संशोधन गर्न खोजियो भने त्यसले समस्या निम्त्याउने भन्दै निर्वाचन प्रणालीमा मात्रै सुधार गर्नुपर्ने आवाज उठाएका छन् ।

पछिल्लो समय परिवर्तित राजनीतिक अवस्थालाई ध्यानमा राखेर कोइराला समूहका नेताहरुले उनलाई दलको नेता बन्नको लागि सुझाएको विशेष स्रोतको दाबी छ । प्रधानमन्त्री पुष्पकमल दाहालले अल्पमतमा परेपछि संवैधानिक व्यवस्थाबमोजिम सदनमा विश्वासको मत लिने भएका छन् ।

उनले सदनलाई जानकारी गराएर यही असार २८ गते विश्वासको मत लिने व्यवस्था गर्न भनेका छन् । प्रधानमन्त्री दाहालले विश्वासको मत लिन नसकेपछि नयाँ सरकार संविधानको धारा ७६ को ३ अनुसार गठन हुनसक्ने चर्चा छ । यस्तोमा ठूलो दलको हैसियतले कांग्रेसले नयाँ सरकार गठन गर्नेछ ।

कांग्रेस र एमालेका नेताहरुले भने नयाँ सरकार पनि संविधानको धारा ७६ को २ अनुसार नै गठन हुने भनेका छन् ।

शेखरलाई आफ्ना समूहका नेताहरुले दलको नेता बन्नको लागि सुझाएका छन् । यसअघि कोइराला समूहबाट निर्वाचनलगत्तै दलको नेताको लागि भएको चुनावमा महामन्त्री गगन थापालाई उठाईएको थियो । थापा सभापति देउवासँग पराजित भए । तर, थापाले आफूले निरन्तर प्रयास गर्ने र यही संसद्को कार्यकालमापनि दलको नेता परिवर्तन गरेरै छाड्ने उद्घोष गरेका थिए ।

अहिले भने शेखरलाई दलको नेताको रुपमा अघि सार्न खोजिएको छ । अहिले परिस्थिति अनुकुल भएकोले शेखरले दलको नेतामा बाजी मार्ने उक्त समूहका नेताहरुको बुझाई छ। शेखरलाई परिवर्तित अवस्थाको कारणपनि ४० भन्दा बढि सांसदको साथ रहने सो समूहका नेताहरुको बुझाई छ ।

यही सन्दर्भमा कांग्रेस नेता कोइरालाले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका छन् । आज (शनिबार) प्रधानमन्त्री दाहाल भेट्न शेखर कोइराला बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री दाहालले कांग्रेस र एमाले मिलेर सरकार बनाउन लागेपछि यही असार २८ गते शुक्रबार विश्वासको मत लिँदैछन् ।

सरकारमा सहभागी एमाले सरकारबाट बाहिरिएको छ । उसले सरकारलाई दिएको समर्थन फिर्ता पनि लिएको छ । उता, अशोक राई नेतृत्वको जसपापनि सरकारबाट बाहिरिएको छ । प्रधानमन्त्री दाहाल अल्मतमा परेपछि उनले विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री दाहालले विश्वासको मत लिन असफल भए नयाँ सरकार गठन संविधानको धारा ७६ को ३ अनुसार हुनुपर्ने दाहालको चाहना छ । यस्तोमा ठूलो दलको नाताले सरकारको नेतृत्व स्वतः नेपाली कांग्रेसले गर्ने उनको बुझाई छ। एमालेले भने प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्ने अडान लिएको थियो । यही सन्दर्भमा कांग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री दाहालसँग गरेको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । कोइरालालाई पछिल्लो समय दलको नेता बन्नको लागि उनका समूहका नेताहरुको दबाब छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP