आइतबार , भाद्र १४, २०८३

नेकपा (एमाले) का प्रभावशाली नेता एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छैठौं पटक प्रधानमन्त्री बन्ने परिदृष्य देखापरेको बताएका छन् । आज (शनिबार) राष्ट्रिय जनमोर्चाले आयोजना गरेको सहकारी रकम अपचलन र त्यसमा राज्यले गरेको संरक्षणबाट उत्पन्न परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘शेरबहादुरजी प्रधानमन्त्री पटक–पटक हुनुभयो । म सात पटक प्रधानमन्त्री हुन्छु भन्नुभएको छ । छ पटक हुने त अगाडि परिदृष्य देखिइसक्यो,’– उनले भने ।

साथै, नेता रावलले ९४ करोड सहकारीको रकम ठगीको आरोप लागेको रवि लामिछानेलाई देशको गृहमन्त्री बनाइएको भन्दै उनले आपत्ति जनाए । उनले यसको जवाफ राजनेता भनिएकाहरुले दिनुपर्ने बताए । गृहमन्त्री रवि लामिछानेको नाममा कतै उजुरी परेको फेला परेन भनेर महान्यायाधिवक्ताको कार्यालयले चिठी लेखेको उनले बताए । दुईवटा नागरिकता, दुईवटा राहदानी र ठगी आरोप रहेका लामिछानेलाई गृहमन्त्री बनाउने नेताहरु उत्तिकै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

नेपालको संविधानमा सहकारीलाई अर्थतन्त्रको तीन खम्बामा समावेश गरिएको स्मरण गराउँदै उनले एउटा खम्बालाई मक्काउने काम नेपालको ठूला नेताहरुले गरेको उनको आरोप छ । नेपाली राजनीतिको विकृति र चरम सत्ता स्वार्थसँग सहकारीको विकृति जोडिएको उनको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP