आइतबार , असार १४, २०८३

नेकपा (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयोजनार्थ माग प्रशस्त गर्न आह्वान गर्ने भएको छ । आज (मंगलबार) बसेको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आह्वान गर्ने निर्णय गरेको हो ।

साथै, एमालेले आफ्ना मन्त्रीहरुलाई भने सरकारबाट फिर्ता बोलाएको छैन । कांग्रेस–एमाले नेतृत्वको राष्ट्रिय सहमतिको सरकार बन्ने समझदारी बनेसँग आज नै मन्त्रीहरु फिर्ता बोलाइने तयारी थियो । केपी ओलीको नेतृत्वमा बन्न लागेको सरकारमा एमालेले ढिलाइ गर्नुमा विशेष चोसोका साथ हेरिएको छ ।

एमाले उमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आह्वान गर्ने निर्णय भएसँग अहिले मन्त्री फिर्ता नबोलाइएको बताए । उनले प्रधानमन्त्रीले एमालेको आग्रहलाई स्वीकार नगरे बाँकी निर्णय लिने बताए । नेता ज्ञवालीले संविधानको धारा ७६ (२) अनुसार सरकार बन्न कुनै समस्या नरहेको बताए ।

‘हामीले कुनै दलसँग सम्बन्ध चिसो होस्, असमझदारी बढोस् भन्ने चाहिरहेका छैनौं । मिलेरै अगाडि बढ्ने हो । उहाँले सत्ता साझेदार दललाई पनि विश्वासमा लिएर अगाडि बढ्न सक्नुभएन । सर्वोच्च अदालतको व्याख्या छ, एउटै धाराअन्तर्गत पनि पटक–पटक सरकार बन्न सक्छ । कसैले उपधारा ३ अनुसार सरकार बन्छ भन्ने सोचेको छ भने त्यो गलत कुरा हो,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP