सोमबार , बैसाख ८, २०८२

नेकपा (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयोजनार्थ माग प्रशस्त गर्न आह्वान गर्ने भएको छ । आज (मंगलबार) बसेको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आह्वान गर्ने निर्णय गरेको हो ।

साथै, एमालेले आफ्ना मन्त्रीहरुलाई भने सरकारबाट फिर्ता बोलाएको छैन । कांग्रेस–एमाले नेतृत्वको राष्ट्रिय सहमतिको सरकार बन्ने समझदारी बनेसँग आज नै मन्त्रीहरु फिर्ता बोलाइने तयारी थियो । केपी ओलीको नेतृत्वमा बन्न लागेको सरकारमा एमालेले ढिलाइ गर्नुमा विशेष चोसोका साथ हेरिएको छ ।

एमाले उमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आह्वान गर्ने निर्णय भएसँग अहिले मन्त्री फिर्ता नबोलाइएको बताए । उनले प्रधानमन्त्रीले एमालेको आग्रहलाई स्वीकार नगरे बाँकी निर्णय लिने बताए । नेता ज्ञवालीले संविधानको धारा ७६ (२) अनुसार सरकार बन्न कुनै समस्या नरहेको बताए ।

‘हामीले कुनै दलसँग सम्बन्ध चिसो होस्, असमझदारी बढोस् भन्ने चाहिरहेका छैनौं । मिलेरै अगाडि बढ्ने हो । उहाँले सत्ता साझेदार दललाई पनि विश्वासमा लिएर अगाडि बढ्न सक्नुभएन । सर्वोच्च अदालतको व्याख्या छ, एउटै धाराअन्तर्गत पनि पटक–पटक सरकार बन्न सक्छ । कसैले उपधारा ३ अनुसार सरकार बन्छ भन्ने सोचेको छ भने त्यो गलत कुरा हो,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP