आइतबार , असार १४, २०८३

नेकपा एमालेको कोटाबाट दक्षिण कोरियाको राजदूतमा सिफारिस भएका सुशील प्याकुरेलले राजदूत पद अस्वीकार गरेका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीसहति ८ देशमा राजदूत सिफारिस गरेको थियो । तर, उनले आफूसँग कुनैपनि सल्लाह नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्याकुरेलले आजै प्रधानमन्त्रीको कार्यालयमा पत्र पठाउँदै राजदूत पद अस्वीकार गरेको जानकारी गराएका छन् । उनी यसअघि तत्काली राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकार थिए । तत्कालीन नेकपाको सरकारले अग्नि सापकोटालाई सभामुख बनाएपछि असन्तुष्टि जनाउँदै उनले राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका छन् ।

उनले सचिवालयमा पत्र बुझाउँदै भनेका छन्, ‘मलाई राजदूत सिफारिस गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद, तर मेरो रुचि र सहमति नभएकोले असमर्थ छु।’

उनले आफ्नो परिवारसँग सल्लाह नभएको, पूर्व सहमति नभएको लगायतका कारण देखाउँदै पद अस्वीकार गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP