मंगलबार , बैसाख २९, २०८३

कवाड व्यवसायीहरु काठमाडौं महानगरपालिकाविरुद्ध सडक संघर्षमा उत्रिएका छन् । काठमाडौं महानगरले धमाधम कवाड व्यवसायीहरुलाई हटाउन सुरु गरेको भन्दै उनीहरु आजदेखि विरोध प्रदर्शनमा सडकमा उत्रिएका हुन् ।

काठमाडौं महानगरले रिङरोडभित्रका कवाड हटाउने निर्णय गरेको थियो । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले अदालतको निर्णयसमेतलाई बेवास्ता गरी कवाड व्यवसायीहरुमाथि अन्याय गरिरहेको उनीहरुको भनाइ छ । उच्च अदालतले कवाड व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि महानगरले कवाड व्यवसायीको टहरामा डोजर चलाएको उनीहरुले बताए । महानगरभित्रका विभिन्न वडाहरुले कवाड व्यवसायीहरुको व्यवसाय नवीकरण नगरिदिएको पनि उनीहरुको भनाइ छ । काठमाडौं महानगरले व्यवसाय नै निषेध गर्न खोजेको भन्दै उनीहरु सडक संघर्षमा उत्रिएका हुन् ।

आम जनता पार्टीका महासचिव त्रिभुवन साहको विशेष उपस्थिति एवं कवाड संघर्ष समितिका नेता रामकेवल साह, संजय साह, सरोज श्रेष्ट लगायतका नेतृत्वमा भएको उक्त प्रदर्शनमा “छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गर” जस्ता नाराहरु भएको ब्यानर बोकेर उनीहरु प्रदर्शनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP