कवाड व्यवसायीहरु काठमाडौं महानगरपालिकाविरुद्ध सडक संघर्षमा उत्रिएका छन् । काठमाडौं महानगरले धमाधम कवाड व्यवसायीहरुलाई हटाउन सुरु गरेको भन्दै उनीहरु आजदेखि विरोध प्रदर्शनमा सडकमा उत्रिएका हुन् ।

काठमाडौं महानगरले रिङरोडभित्रका कवाड हटाउने निर्णय गरेको थियो । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले अदालतको निर्णयसमेतलाई बेवास्ता गरी कवाड व्यवसायीहरुमाथि अन्याय गरिरहेको उनीहरुको भनाइ छ । उच्च अदालतले कवाड व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि महानगरले कवाड व्यवसायीको टहरामा डोजर चलाएको उनीहरुले बताए । महानगरभित्रका विभिन्न वडाहरुले कवाड व्यवसायीहरुको व्यवसाय नवीकरण नगरिदिएको पनि उनीहरुको भनाइ छ । काठमाडौं महानगरले व्यवसाय नै निषेध गर्न खोजेको भन्दै उनीहरु सडक संघर्षमा उत्रिएका हुन् ।

आम जनता पार्टीका महासचिव त्रिभुवन साहको विशेष उपस्थिति एवं कवाड संघर्ष समितिका नेता रामकेवल साह, संजय साह, सरोज श्रेष्ट लगायतका नेतृत्वमा भएको उक्त प्रदर्शनमा “छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गर” जस्ता नाराहरु भएको ब्यानर बोकेर उनीहरु प्रदर्शनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

तीजमा झुमे नाचे डार्बिनबासी, मज्जाले नचाए कलाकार खुमन अधिकारीले।

आजको राशिफल : २०८१ श्रावण १६ गते बुधवार : शिवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

नरेशमाथि ममताको हत्या गरी लास घरबाहिर लगेको आरोप

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ०५ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

अस्ट्रेलियाको डार्विन मा तिज मेला २०२४ हुदै, दर्शक नचाउने जिम्मा खुमनलाइ

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २९ गते शनिवार: श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP