मंगलबार , बैसाख २९, २०८३

संविधान सभाबाट जारी भएको नेपालको नयाँ संविधान ०७२ जारी भएको ८ वर्षमै संशोधन गर्नुपर्ने आवाज उठ्न थालेको छ । पछिल्ला केही समययता निर्वाचन प्रणालीलाई लिएर संविधान संशोधनको बहस उठ्न थालेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनदेखि सडकसम्म संविधान संशोधन गर्नुपर्ने आवाज उठाउँदै आएको छ । प्रतिनिधि सभाको बैठकमा कांग्रेसका सांसद सञ्जय गौतमले संविान संशोधन गर्नुपर्ने आवाज उठाउन थालेको लामो समय भयो । यता आजमात्रै महामन्त्री गगन थापाले पनि संविधान संशोधन गर्नुपर्ने बताएका थिए । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका थापाले संविधान संशोधन गर्न ढिला गर्न नहुने बताउँदै त्यसका लागि सत्तारुढ दल नेकपा एमाले तयार हुनुपर्ने बताएका थिए ।

कांग्रेसले सडकदेखि सदनसम्म संविधान संशोधनको मुद्दा उठाउँदा शान्तप्राय देखिएको नेकपा एमालेले पनि विस्तारै मुख खोल्न थालेको छ । एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराई समय र परिस्थितिलाई बिचार गरेर संविधान संशोधन गर्न सकिने बताउँछन् । पूर्व संस्कृति पर्यटन तथा नागारिक उड्डयनमन्त्रीसमेत रहेका भट्टराईले हाम्रोजस्तो लचिलो व्यवस्था भएको मुलुकमा संविधान संशोधन आवश्यक्ताका आधारमा गर्न सकिने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले भने ‘संविधान जड दस्तावेज होइन । यो लचकता भएको संविधान हो । त्यसो हुँदा समय र परिस्थिति अनुसार संविधानमाथि पुनर्विचार गर्नुपर्ने, त्यसको समीक्षा गर्नुपर्ने हुन्छ । हाम्रो नेपालमा जारी त्यो संविधानमा धेरैकुरा उत्कृष्ट छन् । राम्रो छन् । लोककल्याणकारी राज्यव्यवस्थालाई अंगिकार गरेको छ ।मौलिक हक, मानव अधिकार र प्रेस स्वतन्त्रतालाई अंगिकार गरेका छौं ’ ।,

भट्टराईले निर्वाचन प्रणाली र शासकिय स्वरुपका बारेमा एकपटक सबै दलले गम्भीर भएर सोच्नुपर्ने बताए । ‘निर्वाचन प्रणाली र शासकिय स्वरुपमा धेरै कुरा राम्रा छन् । यद्यपी त्यसमा केही समीक्षा गुर्नपर्ने , केही पुनर्विचार गर्नुपर्ने हुनसक्छ । विशेषगरि प्रदेश र संघमा कसरी स्थिर र बलियो सरकार बनाउने, स्थिर सरकार हुँदा मुलुकको विकासमा असर परिरहेको छ । राजनीतिक दाउपेचमै धेरै समय गयो । यसतर्फ सोच्नुपर्ने अवस्था आएको छ ’ । उनले भने । ‘यो अवस्थाबाट मुलुकलाई निकास दिन निर्वाचन प्रणाली र शासकीय स्वरुपबारे समीक्षा गरेर उपयुक्त समयमा निर्णय लिनुपर्छ । तर, यसमा एउटा राष्ट्रिय सहमति चाहिन्छ । राष्ट्रिय सहमतिबिना सम्भव छैन् । संविधान संशोधनका लागि सदनमा ुदईतिहाई बहुमत चाहिन्छ । २ तिहाई भनेको ठूला राजनीतिक दलबीचको सहमति हो’ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP