मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने भएका छन् । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन स्वीकृति प्रदान गरेको हो ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले भारतका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागिता जनाउने निर्णय भएको छ,’– मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले भनिन् ।

मन्त्री शर्माका अनुसार प्रधानमन्त्रीसँग कति जनाको टोली जाने भन्ने अहिले टुङ्गो लागिसकेको छैन । भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनपश्चत मोदीले आगामी आइतबार तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ लिँदैछन् । File Photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP