आइतबार , असार १४, २०८३

जनता समाजवादी पार्टी, नेपाल नेतृत्वको मधेश प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत नपाएसँगै उनी पदमुक्त भएका छन् ।

कूल १०७ प्रदेश सभा सदस्यमा मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५४ जना सांसदको समर्थन आवश्यक पर्नेमा उनले ५० मतमात्रै प्राप्त गरे । प्रदेश सभा बैठकमा उपस्थिति १०३ सदस्यमध्ये मुख्यमन्त्रीमाथि प्रदेश सभाको विश्वास छैन भन्ने अर्थात विपक्षमा ५३ जना सांसदले मतदान गरेका थिए ।

मुख्यमन्त्री यादवले १७ महिनाको अवधिमा पाँच पटक प्रदेश सभाबाट विश्वासको मत लिनुपरेको थियो । चार पटकसम्म उनी विश्वासको मत प्राप्त गर्न सफल भएपनि यसपटक भने उनले विश्वासको मत पाएनन् ।

मुख्यमन्त्री यादवको पक्षमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले मतदान गरेका थिए । विश्वासको मतको विपक्षमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), जनमत पार्टीलगायतका दलहरुले मतदान गरे ।

नेपालको संविधानको धारा १८८ को उपधारा ३ अनुसार प्रदेश सभाबाट विश्वासको मत पारित हुन नसकेको खण्डमा मुख्यमन्त्री पदमुक्त हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP