आइतबार , भाद्र १४, २०८३

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको अब राजनीतिक दुर्दशा सुरु भएको बताएका छन् । आज (बुधबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

उनले आफूले प्रचण्डलाई क्रान्तिकारी नेता भएको कारण विगत लामो समयदेखि साथ दिएको तर पछिल्लो समय प्रचण्डले साथ दिनेहरुमाथि नै धोका दिन थालेको बताए । उनले अब प्रचण्डलाई साथ दिनको लागि सबै राजनीतिक दल र तिनका नेताहरुले १० पटक सोच्नुपर्ने दिन आएको टिप्पणी गरे । उनले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच राजनीतिक रसायन नै नमिलेको दाबी गरे । उनले भने,”उहाँहरुबीच केमेष्टी नै मिलेको छैन् । त्यहाँ भन्छन् नि माओवादीका नेताहरु र अरुले, यहाँ हार्ट मिलेको छैन तर रणनीति मात्रै तत्कालका लागि मिलेको हो भनेर ।”

माओवादी पार्टी फुटाउन लाग्नुभएको हो ? भनेर पत्रकार धमलाले राखेको प्रश्नमा यादवले आफू कसैको पार्टी फुटाउने क्षमता राख्ने नेता नभएको टिप्पणी गरे । माओवादीका नेता जनार्दन शर्माले पार्टी फुटाउन लागेको भन्ने चर्चा आफूले पनि सुनेको भनेर धमलाको कुरामा यादवले हो मा हो मिलाए । प्रचण्डले आफू सिसाको घरमा बसेर अरुको घरमा ढुंगा हान्ने काम गरेकोले त्यो ढुंगा आफ्नो घरमा पनि फर्किनसक्ने यादवको चेतावनी थियो । उनले आफ्नो पार्टी विभाजनबारे प्रधानमन्त्री प्रचण्डले नै भाषण गरेकोले अरुले फुटाएको भनेर भन्दै हिँड्न नपर्ने बताए । उनले आफ्नो पार्टी प्रचण्ड र केपी ओलीले नै फुटाएको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP