सोमबार , भाद्र १५, २०८३

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता नचाहेको गम्भीर आरोप लगाएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली त सुरुदेखि नै संघीयताको विरोधी नेताको रुपमा चिनिएपनि प्रधानमन्त्री प्रचण्डले पनि पछिल्लो समय संघीयता नचाहेको आरोप लगाए । आज (सोमबार) एमालेसहितका विपक्षी दलहरुको संयुक्त ज्ञापनपत्र बुझ्ने क्रममा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा यस्तो गम्भीर आरोप लगाएका हुन् ।

उनले भने,‘यो देशमा पहिलो संघीयता चाहने मधेश प्रदेश हो । संघीयताको लागि सबभन्दा बढि काम गर्ने म नै हुँ । पहिला हामीले केपी ओलीलाई संघीयता विरोधी भन्थ्यौं । उहाँ आँफैले पनि मैले संघीयता चाहेको होईन, जबरजस्ती लादिएको हो भनेर । तर, मैले प्रचण्डलाई के देखें भने उहाँ हिजो संघीयता चाहने व्यक्ति हो ।

तर, अहिले उहाँ संघीयताको घोर विरोधी व्यक्ति हो । प्रचण्डले संघीयता चाहेकै छैन् । उहाँले संघीयता चाहेको भए केपी ओली र रवि लामिछानेलाई सरकारमा ल्याउनुहुन्थेन । रवि लामिछाने त अहिलेपनि प्रदेशको चुनावमा भाग नै लिनुभएको छैन् । भर्खरै भएको उपनिर्वाचनमा पनि भाग लिनुभएन । त्यस्ता मान्छेसँग गठबन्धन बनाउने नेतृत्वले देशमा संघीयता चाहेको छ त ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP