मंगलबार , बैसाख २९, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राहदानी प्रकरण ढाकछोप गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहारा लिएको टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् ।

‘उहाँले डेट गइसकेको नागरिकता प्रयोग गर्नुभएको थियो । अदालतले भन्दियो । उहाँले पनि त्यो स्वीकार गर्नुभयो । उहाँलाई अहिले पासपोर्टको मुद्दाले अल्झायो । प्रचण्डको साथ छोड्न नसक्नुको कारण नै पासपोर्ट हो । अरु कोही मान्छेलाई मुद्दा लाग्छ, त्यही मुद्दा रवि लामिछानेलाई लाग्दैन । उहाँले पुरानो नागरिकताबाट पासपोर्ट निकाल्नुभएको थियो । त्यो कानुनअन्तर्गत गलत हो । उहाँको नयाँ नागरिकताले लिएको भए त्यो गलत होईन । त्यो मुद्दा महान्यायाधिवक्ताको कार्यालयमा रोकिएको छ,’– उनले भने ।

आफ्नो पासपोर्ट काण्ड जोगाउन लामिछानेले प्रचण्डका कोहीपनि मान्छेलाई नछोएको उनको आरोप छ । उनले पञ्चा सिंहलाई उन्मुक्ति दिइएको भन्दै आपत्ति जनाए । हिजो नाकको डाँडी भाच्छु भन्ने मान्छे आज प्रचण्डको खुट्टामा परेको उनको टिप्पणी छ । सहकारी ठगी प्रकरणमा बन्न लागेको संसदीय समितिमा उपप्रधान एवं गृहमन्त्री लामिछानेको नामै तोकिनुपर्ने उनले बताए । नेता शाहीले छानविन गर्ने निकायको प्रमुख गृहमन्त्री आफैं भएकाले निश्पक्ष छानविन हुन नसक्ने भएर संसदीय समिति आवश्यक रहेको बताए । उनले भने, ‘छानविन कसले गर्छ ? गृह मन्त्रालयले होईन ? उहाँकै नाम जोडिएको विषयमा उहाँ आफैंले छानविन गर्न मिल्छ ? उहाँ गृहमन्त्री नभइदिएको भए उहाँको नाम राख्नु आवश्यक थिएन । छानविन गर्ने निकायको प्रमुख त गृहमन्त्री हुन्छन् नि त । आफूलाई आरोप लागेको कुरा आफैंले छानविन गर्न कहाँ मिल्छ ?’

साथै, एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कारण देश बर्वाद भएको उनको आरोप छ । उनले वर्तमान व्यवस्थामा केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड सबै खराब देखिएको बताए । उनीहरुले सहकारी ठगी प्रकरणमा छानविन समिति बनाउन खुट्टा कमाएको नेता शाहीको टिप्पणी छ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणका रोइलो गर्नुपर्ने आवश्कत्ता नरहेको उनले बताए । उनले सिरोहियालाई समाचार लेखेकै भरमा पक्राउ नगरिएको जिकिर गरे । उनले भने, ‘अदालतले पक्राउ पुर्जी जारी गरेको कुरामा के को रोइलो भनेको ? उहाँ निर्दोष भए त छुटिहाल्नुहुन्छ नि । उहाँले समाचार लेखेको भनेर पक्राउ गरेको हो र ? नागरिकताको केसमा पक्राउ गरेको हो । अब गृहमन्त्रीलाई कैलाश सिरोहियाले लेखेको न्यूज गलत हो भने मुद्दा हाल भन्नुपर्छ । कसैले कसैको बारेमा गलत न्यूज लेख्न हुँदैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP