मंगलबार , बैसाख २९, २०८३

धनुषामा क्रसरको फित्तामा टाउको फसेको अवस्थामा एक युवकको शव फेला परेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ मा रहेको कमला स्टोन क्रसरमा स्थानीय गोदरका २० वर्षीय अर्जुन यादवको शव फेला परेको हो ।

मजदुरी गर्दै आएका यादवको शव ढुंगा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । सोही क्रसरमा काम गर्ने बाराक निजगढ बस्ने ४५ वर्षीय खेमकुमार मगर घाइते अवस्थामा भेटिएका छन् ।

मृतकका मामा खुसीलाल यादवले घटना शंकास्पद भएको भन्दै गम्भीर रुपमा अनुसन्धान गर्न माग गरेका छन् । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP