मंगलबार , बैसाख ९, २०८२

नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले सहकारी ठगी प्रकरण विषयान्तर गराउन कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको टिप्पणी गरेकी छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेको सहकारी ठगी प्रकरणको विषयान्तर गराउन खोजेको बताएकी हुन् ।

‘अहिले जुन पछिल्लो घटनाक्रम हामीले देखिरहेका छौं, राज्य र प्रेस जगतमा फाटो ल्याउने काम भइरहेको छ । यो लाखौं सहकारी पीडितहरुको जेन्युन मागबाट विषयान्तर गराउन यो फोहोरी खेल भइराखेको छ,’– उनले भनिन् ।

साथै, नेकपा (माओवादी केन्द्र) र नेसपाबीच एकीकरण हुने सम्भावना नरहेको उनले बताईन् । उनले माओवादीका नेताहरुले आफूहरुले धेरै पहिला पठाएको प्रस्तावको जवाफ नदिएर उल्टै पार्टी विभाजनमा भूमिका खेलेको बताईन् । उनले नेसपा जनताको मुद्दा बोकेर हिँडिरहेको समेत बताईन् । अहिले आफूहरु बालविकास (ईसीडी) शिक्षकको सेवा सुविधा र सामुदायिक विद्यालयका विद्यार्थीहरुको दिवा खाजाको विषयमा आवाज उठाइरहेको बताईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP