आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टि-इस्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको प्रतिक्रिया दिएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले जग्गा बिक्रीको निर्णय गरेर कांग्रेसलाई मुछेको बताएका हुन् ।

बुधबार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले जग्गा बिक्री गर्ने निर्णय कांग्रेसको पालामा भएको आरोप लगाएका थिए ।

ओलीलाई जवाफ दिंदै बिहीबार देउवाले भनेका छन्, ‘ओलीजी आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ । कहिले, कसको पालामा भयो, के भयो भनिदिए भइहाल्यो नी । आफूले गरेको कुरा, गरेको हो भन्न के आपत्ति छ ?’

देउवाले अगाडि भने, ‘अदालतले उहाँलाई भनेको छ, उहाँ के भन्नुहुन्छ भने कांग्रेसको पालामा भएको छ । कांग्रेसको पालामा गिरिजाबाबु र म हो, हाम्रो पालामा भएकै छैन ।’
देउवाले केपी ओली जस्तो नेताले नभएको आरोप लगाउन नहुनेसमेत बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP