मंगलबार , बैसाख ९, २०८२

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टि-इस्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको प्रतिक्रिया दिएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले जग्गा बिक्रीको निर्णय गरेर कांग्रेसलाई मुछेको बताएका हुन् ।

बुधबार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले जग्गा बिक्री गर्ने निर्णय कांग्रेसको पालामा भएको आरोप लगाएका थिए ।

ओलीलाई जवाफ दिंदै बिहीबार देउवाले भनेका छन्, ‘ओलीजी आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ । कहिले, कसको पालामा भयो, के भयो भनिदिए भइहाल्यो नी । आफूले गरेको कुरा, गरेको हो भन्न के आपत्ति छ ?’

देउवाले अगाडि भने, ‘अदालतले उहाँलाई भनेको छ, उहाँ के भन्नुहुन्छ भने कांग्रेसको पालामा भएको छ । कांग्रेसको पालामा गिरिजाबाबु र म हो, हाम्रो पालामा भएकै छैन ।’
देउवाले केपी ओली जस्तो नेताले नभएको आरोप लगाउन नहुनेसमेत बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP