मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणी सम्बन्धी मुद्दाको बहस लम्बिएको छ। उच्च अदालत पाटनमा चलिरहेको बहस चिया समय अघि नै सक्ने भनिएपछि बहस लम्बिएका कारण केही धकेलिएको हो ।

जाहेरीवालाका तर्फबाट धेरै कानुन व्यवसायी भएका कारण उनीहरूको बहस लम्बिएको हो । जाहेरवालाका तर्फबाट मङ्गलवार आधा दिनदेखि बहस सुरु भएको थियो । सुरुमा सरकारी वकिलले ओपनिङ बहस गरेका थिए भने त्यसपछि सन्दीपको तर्फबाट बहस भएको थियो ।

सन्दीपका कानुन व्यवसायीपछि सरकारी वकिलहरूले जवाफी बहस गरेका थिए । सरकारी वकिलको बहससगै जाहेरवालाको तर्फबाट कानुन व्यवसायीले बहस थालेका थिए । मङ्गलवार अबेरसम्म उनीहरूमध्ये केहीले बहस गरेका थिए ।

बुधवार बिहानदेखि उनीहरूकै बहस निरन्तर भएको थियो । चिया समयसम्म सक्नेगरि न्यायाधीशहरुले उनीहरूलाई डेढ घण्टा र सन्दीपका कानुन व्यवसायीलाई जवाफका लागि १ घण्टाको समय निर्धारण गरेका थिए । तर उक्त समय अपुग भएको भनी जाहेरवालाका तर्फबाट समय माग भएपछि इजलासले केही समय उपलब्ध गराएको हो । न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दा हेर्दै ’ राखिएको थियो ।

जाहेरवालाहरूको बहस अन्तिम किनारातिर रहेको र उनीहरूको बहसपछि आफूहरूले बहस गर्ने सन्दीप का कानुन व्यवसायीले जनाएका छन् । आफूहरूको धेरै कुरा नभएको तर इजलासमा बहसका क्रममा उठेको प्रश्नहरूलाई प्रस्ट पार्नुपर्ने देखिएको ती कानुन व्यवसायीले बताए । सन्दीपको मुद्दामा आजै फैसला सुनाउने अदालतको तयारी छ।

बहस चलिरहँदा लामिछाने पनि अदालतमै रहेका छन् । उनी इजलास र अदालत परिसरमा घुमिरहेका देखिन्थे । सुरुवाती बहसका क्रममा बिहान करिब आधा घण्टा उनी इजलासमै बसेर आफ्नो विपक्षमा भएको बहस सुनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP