आइतबार , बैसाख २१, २०८२

गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्नको लागि सिंहदरबारस्थित् प्रधानमन्त्रीको च्याम्बरमा पुगेका छन् । सदनको अवरोध हटाउने विषयमा छलफल गर्नको लागि प्रधानमन्त्री दाहालले गृहमन्त्री लामिछानेलाई बोलाएका हुन् । उनीहरुबीच भेटवार्ता सुरु भैसकेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीपनि केहीबेरमा उक्त बैठकमा मिसिने जनाईएको छ । अहिले ओली आफ्नो दलको संसदीय दलको बैठकमा व्यस्त छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेपनि मुछिएको भन्दै संसदीय छानबिन समितिको माग गरेको छ ।

छानबिन समिति नबनेसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ । प्रतिनिधिसभाको बैठक भोलि विहान ११ बजेको लागि बोलाईएको छ । सदनको अवरोध हटाउनेबारे अहिले सत्ता गठबन्धनका मुख्य घटका नेतृत्वबीच बैठक बसेको हो । प्रधानमन्त्री दाहालले कांग्रेसले भनेजस्तो नभएपनि समग्र सहकारी ठगी प्रकरणको छानबिनको लागि संसदीय समिति बनाउन सकिने आफ्नो मध्यमार्गी प्रस्ताव बाहिर ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP