मंगलबार , बैसाख २९, २०८३

गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्नको लागि सिंहदरबारस्थित् प्रधानमन्त्रीको च्याम्बरमा पुगेका छन् । सदनको अवरोध हटाउने विषयमा छलफल गर्नको लागि प्रधानमन्त्री दाहालले गृहमन्त्री लामिछानेलाई बोलाएका हुन् । उनीहरुबीच भेटवार्ता सुरु भैसकेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीपनि केहीबेरमा उक्त बैठकमा मिसिने जनाईएको छ । अहिले ओली आफ्नो दलको संसदीय दलको बैठकमा व्यस्त छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेपनि मुछिएको भन्दै संसदीय छानबिन समितिको माग गरेको छ ।

छानबिन समिति नबनेसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ । प्रतिनिधिसभाको बैठक भोलि विहान ११ बजेको लागि बोलाईएको छ । सदनको अवरोध हटाउनेबारे अहिले सत्ता गठबन्धनका मुख्य घटका नेतृत्वबीच बैठक बसेको हो । प्रधानमन्त्री दाहालले कांग्रेसले भनेजस्तो नभएपनि समग्र सहकारी ठगी प्रकरणको छानबिनको लागि संसदीय समिति बनाउन सकिने आफ्नो मध्यमार्गी प्रस्ताव बाहिर ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP