सोमबार , भाद्र १५, २०८३

काठमाडौं । चौधरी ग्रुपले उत्पादन गर्ने वाइवाइ चाउचाउको विक्री घटेको छ । पछिल्लो समयमा सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारका कारण चाउचाउको बिक्री प्रभावित बनेको हो ।

त्रिवि क्रिकेट मैदान बाहिर पसल सञ्चालन गर्दै आएका नन्दु दाई (नन्दराम महर्जन) आजभोलि वाइवाइ चाउचाउको विक्री घटेको बताउँछन् । उनी भन्छन् ‘पहिले धेरै चाउचाउ बिक्री हुन्थ्यो तर आजभोलि बिक्रि नै हुन छोड्यो ।’

बिहीबार नेपाल र वेस्ट इण्डिजबीचको खेल भइरहेको बेलामा त्रिवि क्रिकेट मैदानभित्र प्रहरीले चाउचाउ बेच्न नै नदिएको गुनासो पनि उनले गरे ।

गएको सातामात्रै कम गुणस्तरका चाउचाउ बजारमा बिक्रीवितरण गरेको भेटिएपछि महानगरको कृषि तथा पशुपन्छी विभागले वाइवाइ चाउचाउलाई जरिवाना तिराएको थियो ।

साथै, महानगरले गरेको नमुना परीक्षणका क्रममा चाउचाउ खानयोग्य नभएको पाइएको थियो । त्यसपछि सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यममा वाइवाइ खान योग्य नभएको भन्दै चर्चा भइरहेको छ । यसको प्रभाव यतिबेला बजारमा पनि देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP