आइतबार , भाद्र १४, २०८३

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) विभाजित भएपछि मधेश प्रदेशका सबैभन्दा पहिलो असर देखिएको छ । विकसित परिस्थितिबारे छलफल गर्न मुख्यमन्त्री तथा संसदीय दलका नेता सरोज कुमार यादवले दलको आकश्मिक बैठक बोलाएका छन् ।

अहिले ८ बजे मधेश भवनमा बैठक बोलाइएको हो । मधेशमा जसपा नेतृत्वको सरकार छ । यस पार्टीसँग १९ सांसद छन् । विभाजनमा कुनै पनि सांसदले साथ नदिने संस्थापन पक्षको दावी छ ।

जसपा सांसद राजु गुप्ता भन्छन्, ‘हामी सबै अध्यक्ष जीकै साथमा छौं । अहिले दलको बैठक बस्दैछ । सबै सांसद एकढिक्का रहने छौं ।’

जसपा विभाजनसँगै केन्द्रमा गठबन्धनको सरकार सुरक्षित बने पनि मधेशमा गठबन्धन फेरबदलको खतरा बढेको छ । उपेन्द्र यादवले चाहेमा मधेशमा गठबन्धन परिवर्तन गर्न सक्छन् । मधेशमा संसदीय अंकगणित अनुसार यो सम्भव देखिएको छ ।

मधेशमा १०७ सांसद छन् । पाँचौं पटक मुख्यमन्त्री यादवले विश्वासको मत लिदा मात्र ६१ सांसद पक्षमा उभिएका थिए । जसमा जसपाकै १९ सांसद छन् ।

जसपाले वर्तमान गठबन्धन छाडेमा माओवादी र एमालेले नयाँ सरकार बनाउन सम्भव छैन । नयाँ राजनीतिक परिस्थिति अनुसार उपेन्द्रले मधेशमा कांग्रेससँग मिलेर सरकार बनाउन सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP