सोमबार , असार २, २०८२

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) विभाजित भएपछि मधेश प्रदेशका सबैभन्दा पहिलो असर देखिएको छ । विकसित परिस्थितिबारे छलफल गर्न मुख्यमन्त्री तथा संसदीय दलका नेता सरोज कुमार यादवले दलको आकश्मिक बैठक बोलाएका छन् ।

अहिले ८ बजे मधेश भवनमा बैठक बोलाइएको हो । मधेशमा जसपा नेतृत्वको सरकार छ । यस पार्टीसँग १९ सांसद छन् । विभाजनमा कुनै पनि सांसदले साथ नदिने संस्थापन पक्षको दावी छ ।

जसपा सांसद राजु गुप्ता भन्छन्, ‘हामी सबै अध्यक्ष जीकै साथमा छौं । अहिले दलको बैठक बस्दैछ । सबै सांसद एकढिक्का रहने छौं ।’

जसपा विभाजनसँगै केन्द्रमा गठबन्धनको सरकार सुरक्षित बने पनि मधेशमा गठबन्धन फेरबदलको खतरा बढेको छ । उपेन्द्र यादवले चाहेमा मधेशमा गठबन्धन परिवर्तन गर्न सक्छन् । मधेशमा संसदीय अंकगणित अनुसार यो सम्भव देखिएको छ ।

मधेशमा १०७ सांसद छन् । पाँचौं पटक मुख्यमन्त्री यादवले विश्वासको मत लिदा मात्र ६१ सांसद पक्षमा उभिएका थिए । जसमा जसपाकै १९ सांसद छन् ।

जसपाले वर्तमान गठबन्धन छाडेमा माओवादी र एमालेले नयाँ सरकार बनाउन सम्भव छैन । नयाँ राजनीतिक परिस्थिति अनुसार उपेन्द्रले मधेशमा कांग्रेससँग मिलेर सरकार बनाउन सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP