मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले र माओवादी केन्द्रबाहेकको नयाँ गठबन्धन बनाउनेगरि गृहकार्य थालेका छन् । कांग्रेस महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले एमालेसँग मिलेर सरकार बनाउनुपर्ने भनेर लविङ थालेको बेलामा सभापति देउवाले भने एमाले र माअ‍ोवादीलाई न अलग राखेर वैकल्पिक गठबन्धन बनाउन जोड गरेका छन् ।

विश्वस्त स्रोतकाअनुसार देउवाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई नै अबको प्रधानमन्त्री बन्नेगरि वैकल्पिक गठबन्धनमा सहभागी हुन आग्रह गरेका छन् । माधव नेपालको दल यतिवेला एमाले–माओवादी गठबन्धनमा छ । अध्यक्ष नेपालले नयाँ गठबन्धनमा उकुसमुकुस रहेको भन्दै जुनसुकै बेला विस्फोट हुने चेतावनी दिइरहेका छन् ।

उनको चेतावनी देउवाको प्रस्तावको आडमा रहेको भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि बुझिसकेका छन् । माधव नेपाल अहिलेको वर्तमान सत्ता गठबन्धनबाट प्रधानमन्त्री बन्न चाहन्छन् । तर, यसमा दाहाल र ओली दुवै बाधक बनेका छन् ।

ओलीले कुनैपनि हालतमा माधव नेपाललाई प्रधानमन्त्री बनाउन नसकिने जवाफ प्रचण्डसामू राखेका छन् । देउवाले कांग्रेस, एकीकृत समाजवादी, राप्रपा, जसपा, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चासम्मिलित नयाँ गठबन्धन बनाउन चाहेका छन् । यी सबै दल मिल्दा सरकार बनाउन चाहिने १३८ को संख्या ठ्याक्कै पुग्छ ।

वैकल्पिक गठबन्धन बनाउन सकिए स्वतन्त्र सांसदहरुलाई पनि जोड्न सकिने देउवाको विश्वास छ। माधव नेपालले प्रधानमन्त्रीको लोभमा अहिलेको गठबन्धन छोडे उपेन्द्र यादवलाई पनि बाहिर ल्याउन सकिने देउवाको विश्वास छ । अहिले कांग्रेसमा सभापति देउवाका विश्वासपात्रहरुले यसको लागि सक्रियता बढाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP