मंगलबार , बैसाख २९, २०८३

उपनिर्वाचनमा विजयी भएको नेकपा एमालले आज दिउँसो इलाममा विजय सभा गर्ने भएको छ।

इलाम बजारमा दिउँसो एक बजे हुने सभामा पार्टी अध्यक्ष केपी ओलीसहितका नेताले सम्बोधन गर्ने एमाले इलामले जनाएको छ।

इलाम बजारको सभा सकेपछि नव निर्वाचित संघीय सांसद सुहाङ नेम्बाङ इलाम २ का सबै पालिकामा मतदातालाई धन्यवाद ज्ञापनका लागि पुग्नेछन्।

आज बिहान सकिएको मतगणनामा एमालेका सुहाङ नेम्वाङ भारी मतान्तरले निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गर्दै नेम्वाङ प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । उनीहरुबिचको मतान्तर पाँच हजार ८३० मत रह्यो ।

त्यसैगरी तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले पाँच हजार ५० मत ल्याए । मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गरे ।

यसैबीच उपनिर्वाचनमा विजयी बनेका नेम्वाङलाई पार्टी अध्यक्ष ओलीले बधाई दिएका छन् । नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका सुहाङलाई ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । साथै अध्यक्ष ओलीले इमालका मतदातालाई सुहाङलाई विजयी गराएको भन्दै धन्यवाद पनि दिए ।

उनले लेखेका छन् ‘ इलाममा सुहाङ,
हार्दिक बधाई !!
इलामका मतदातालाई धन्यवाद !!
मैले अस्ति चुलाचुली पुग्दा सुहाङलाई सोधेको थिएँ – कति भोटले जितिन्छ ?
सुहाङ्ले भन्नु भएको थियो–इलामेली जनतालाई सोध्नु पर्छ।
आज अन्तिम परिणाम आयो–५८३० मतान्तरले जीत भयो ।
हाम्रो पार्टीले नेतृत्वमा युवाहरुलाई अघि सार्दै आएको छ, आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँदै जाने छ।
फेरि बधाई सबै इलामेलीलाई !!’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP