शनिबार , असार १३, २०८३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध देश निर्माणका लागि एमालेले उपनिर्वाचन जित्नपर्ने बताएका छन् ।

वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनका लागि एमालेले इलामले चुलाचुलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले एमालेको जित नै देश विकासको आधार भएको हुँदा एमालेले उठाएको उम्मेदवार सुहाङ नेम्वाङलाई जिताउन आह्वान गरे ।

ओलीले कांग्रेसका उमेदवार डम्बर खड्काप्रति इंगित गर्दै ठेक्का लिएर बाटो बनाउन नसक्नेले देश बनाउन सक्छ भन्दै प्रश्न गरे । “मदन भण्डारीको ठेकेदार को हो तपाईंलाई थाहा होला, ठेक्का लिएर बाटो बनाउन नसक्नेले देश बनाउँछ ? पैसा लिएर बाटो बनाउन नसक्नेले देश बनाउँछ ?, ” ओलीले प्रश्न गरे ।

एमालेले सबैलाई अवसर दिने ओलीको दाबी छ । “नेकपा (एमाले) समानता र सबैलाई अवसर दिन्छ । जो भेट्यो त्यसको कानमा अलगअलग भिडाइदिने काम एमाले गर्दैन, सबै भाषा जाति र आस्थाको विकास हुनुपर्छ भन्छ,” ओलीले भने ।

एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएपछि १५ गते उपनिर्वाचन हुँदैछ । एमालेले स्वर्गीय सुवासपुत्र सुहाङलाई मैदान उर्तादा कांग्रेसले गत वर्ष पराजित भएका खड्कालाई टिकट दिएको छ । इलाम २ मा १९ जनाले मनोनयन दर्ता गरेपनि कांग्रेस र एमालेबीच चर्को प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP