सोमबार , भाद्र १५, २०८३

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब पार्टी कमिटी र सार्वजनिक ओहदाको उम्मेदवार बन्नेले आधारभूत कोर्श उत्र्तीण गर्नुपर्ने व्यवस्था गरिने बताएका छन् । पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले सदस्यहरुको वैचारिकस्तर माथि उकास्न योजनाबद्ध स्कूलिङको आवश्यकता रहेको बताए । उनले आगामी एक वर्षभित्र सबै सदस्यहरुलाई पार्टीको आधारभूत पाठ्यक्रममा प्रशिक्षित गर्ने तयारी रहेकोसमेत बताए ।

‘सदस्यहरुको वैचारिकस्तर माथि उठाउन योजनाबद्ध स्कूलिङको काम अगाडि बढाउन पर्छ । आगामी एक वर्षभित्रमा पार्टीका सबै सदस्यहरुलाई पार्टीको आधारभूत पाठ्यक्रममा प्रशिक्षित गर्ने र अब उप्रान्त आधारभूत कोर्ष उत्तीर्ण नगरेको व्यक्ति पार्टी कमिटी वा सार्वजनिक ओहदामा उम्मेदवार बन्न नसक्ने प्रावधानलाई कार्यान्वयन गरिनु्पर्छ,’– उनले भने ।

साथै, उनले बहुसंख्यक जनताको समर्थन हासिल गर्ने पार्टीको उद्देश्य पूरा गर्न प्रदेश र स्थानीय कमिटीहरुले आफू क्रियाशील भूगोलका बहुुसंख्यक जनताको मन जित्ने गरी क्रियाशील रहन पनि निर्देशन दिए । उनले जनसंगठनहरुले आफ्नो वर्ग र समूदाय र पेशागत क्षेत्रका बहुसंख्यक जनताको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने पनि बताए । साथै, विभागहरुले आफू सम्बद्ध क्षेत्रको नीति निर्माणमा प्रभावकारी भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

आगामी दिनमा सबै कमिटी, विभाग र जनसंगठनहरुले पार्टीलाई निर्णाय राष्ट्रिय शक्तिका रुपमा विकास गर्ने संकल्पअनुरुप भूमिकालाई थप प्रभावकारी बनाउन पर्ने उनले बताए । साथै, पार्टी सदस्यता वृद्धि र जनसंगठनहरुको व्यापक विस्तारमा लाग्नसमेत उनले निर्देशन दिए । अध्यक्ष ओलीले श्रमजीबी वर्ग, युवा, महिला, दलित, मधेशी र सिमान्तकृत समुदायमा सदस्यता विस्तार प्राथमिकतामा रहनुपर्ने बताए ।

हिजोदेखि सुरु भएको एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज समापन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP