मंगलबार , बैसाख ९, २०८२

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफूहरु सत्ताको लागि लालायित नभएको बताएका छन् । उनले भने,‘हामी मुलुक बनाउनको लागि मिलेर काम गर्न तयार नै छौं । हामी सत्ताका लागि लालायित छैनौं । अहिलेपनि हाम्रो लागि सत्ता प्राथमिकता होईन । मुलुकलाई सही बाटोमा डोर्याउने काम हाम्रो प्राथमिकता भनेका छौं । अहिले पनि हामीले नयाँ सत्ता समिकरण गर्दाखेरि फलानो महत्वपूर्ण मन्त्तालय चाहिन्छ भनेर दाबी गरेनौं । मुलुकलाई ओरालो यात्राबाट सुरक्षित भविष्यतर्फ डोर्याउने नै हाम्रो प्राथमिकताको विषय हो । नीतिगत हस्तक्षेप प्राथमिकताको विषय हो ।’

भोलिबाट सुरु हुने पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको तयारीको सन्दर्भमा जानकारी दिन आयोजित पार्टी कार्यालयको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेले एमालेको लागि सत्ता प्राथमिकताको विषय नभएको जिकिर गरेका हुन् । उनले सरकारको नेतृत्वमा आलोपालोको विषयमा पनि वर्तमान सरकारले राम्रो काम गरे निरन्तरता दिन तयार रहेको स्पष्ट पारे ।

उनले भने,‘कतिपयले सोध्ने गरेका छन्, आलोपालो भनेर सोध्ने गर्दछन् । हामी यो सरकारले राम्रो काम गर्छ भने यसलाई निरन्तरता दिन तयार छौं भनिराखेका छौं । किनकी हाम्रो चिन्ता मुलुक र जनताप्रति हो । राष्ट्रको भविष्यप्रति हो भन्ने कुरा हामीले स्पष्ट रुपमा भन्दै आएका छौं ।’ उनले मुलुकमा लोकतन्त्र र परिवर्तनमाथि संकट आउँदा नेपाली कांग्रेससँग मिलेर काम गर्ने विश्वास दिलाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP