शनिबार , असार १३, २०८३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच भेटवार्ता भएको छ ।

बुधबार साँझ गाल्फुटारस्थित कांग्रेसका एक नेताको घरमा देउवा र नेपालबिच पौने एक घण्टा भेटवार्ता भएको हो । पार्टीको सचिवालय बैठकपछि अध्यक्ष नेपाल देउवासँगको भेटवार्ताका लागि गल्फुटार पुगेका हुन् । नेपाल पुगेको केही समयपछि देउवा आइपुगेका थिए ।

सत्ता गठबन्धनमा खटपट भइरहेका बेला प्रमुख प्रतिपक्षी दलका सभापति देउवा र सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष नेपालबिच भएको गोप्य भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेस र नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्ष लक्ष्मणकिशाेर चाैधरीलाई साथ दिएर एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई चुनौती दिएको थियो । यद्यपि आफूले मुख्यमन्त्री पाउने आश्वासन भाएपछि एकीकृत समाजवादीले लक्ष्मणकिशाेरलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

प्रदेश प्रमुख नाजिर मियाँले मंगलबार नाउपाका लक्ष्मणकिशाेर र कैलाली चौधरी दुबैको दाबी अस्वीकृत गरिदिएका थिए । एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर साेडारीलाई एमालेले स्वीकार नगर्ने संकेत गरेपछि नेपाल देउवालाई भेट्न पुगेको स्रोतले बतायो ।

स्रोतका अनुसार देउवा र नेपालीबिच सुदूरपश्चिम प्रदेश सरकार निर्माण र वैकल्पिक गठबन्धन बनाउने विषयमा छलफल केन्द्रित थियो । नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै सहकार्य सहज नभएको भन्दै वैकल्पिक गठबन्धन निर्माण आफ्नो साथ रहने विश्वास दिलाएको देउवा निकट स्रोतले बतायो ।

एकीकृत समाजवादीले साथ छोड्दा मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा केन्द्रीय गठबन्धन बाहिरबाट सरकार बन्ने परिस्थिति छ । एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिए जनता समाजवादी पार्टी पनि बाहिरिन सक्ने कांग्रेसकाे बुझाइ छ । एमालेसहितको गठबन्धनप्रति जसपामा पनि असन्तुष्टि देखिन्छ । गत फागुन ३० मा तेस्रो पटक विश्वास मत लिँदा १५६ सांसदकाे समर्थन पाएका प्रधानमन्त्री प्रचण्डलाई सरकार जोगाउन एकीकृत समाजवादी र जसपाकाे साथ कठिन छ ।

एकीकृत समाजवादीका १० र जसपाका १२ गरी २२ सांसदले साथ छोड्दा प्रचण्ड सरकार अल्पमत पर्छ । सरकार बनाउन १३८ सांसद चाहिनेमा एकीकृत समाजवादी र जसपा बाहिरिँदा १३४ सांसद मात्र रहन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP