मंगलबार , बैसाख २९, २०८३

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न उपनिर्वाचनमा अत्याधिक मतले सुहाङ नेम्वाङलाई जिताउन अपिल गरेका छन् । चुनावी अभियानका क्रममा इलाममा रहेका ओलीले सुहाङले चुनाव जित्ने दाबी गरे । उनले चुनाव जित्नुमात्रै ठूलो कुरा नभएको दाबी गर्दै अत्याधिक बहुमतले विजयी गराउन आह्वान गरेका हुन् । साथै, उनले सुहाङ र इलामको विकासको जिम्मा आफूले लिने उद्घोष गरे ।

‘सुहाङ नेम्वाङको जिम्मा पार्टीले लिन्छ, सुहाङ नेम्वाङको जिम्मा म लिन्छु । यहाँको विकासको जिम्मा म लिन्छु । पैसा कमाउन, खाँचो भएर यहाँ आएको होईन सुहाङ नेम्वाङ,’– उनले भने ।

सुहाङ बाबुको सपना पूरा गर्न र देश बनाउनका लागि प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेको उनको दाबी छ । सूर्य चिन्हमा मतदान गरेर सुहाङलाई जिताउन उनले आग्रह गरे । साथै, उनले अन्य प्रतिस्पर्धी दलका उम्मेदवारलाई पैसा खर्च नगर्नसमेत उनले सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP