आइतबार , भाद्र १४, २०८३

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमति कार्यान्वयन नगरेको बताएका छन् । आज (सोमबार) पार्टी कार्यालय आलोकनगरमा सचिवालय सदस्यहरुसँगको छलफलमा उनले यस्तो जानकारी गराएका हुन् । अध्यक्ष नेपालले आफूहरु हेपिएर र पेलिएर बस्न नहुने नेताहरुलाई बताए ।

केन्द्र र प्रदेश सरकार सञ्चालनमा ओली–प्रचण्डले एकलौटी ढंगले अघि बढ्न खोजेको अध्यक्ष नेपालले बताए । उनले आफूहरुले चाहेको खण्डमा वर्तमान सरकार ढल्नेसमेत दाबी गरे ।

एकीकृत समाजवादीलाई बागमती वा सुदूरपश्चिमको मुख्यमन्त्री दिने सहमति भएपनि ओली–प्रचण्ड सहमति कार्यान्वयनका सन्दर्भमा गम्भीर नबनेको अधयक्ष नेपालको भनाइ छ । साथै, केन्द्र सरकारमा अझै एक मन्त्री एकीकृत समाजवादीको भागमा दिने सहमति भएको भएपनि यसमा पनि ओली–प्रचण्डले चासो नदेखाएको अध्यक्ष नेपालको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP