आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले देशलाई बचाउनको लागि पनि एमाले र कांग्रेस एक ठाउँमा उभिनुपर्ने मत राखेका छन् । उनले अहिले देश दुर्घटनामा पर्न लागेको टिप्पणी गरे । अब देश बचाउनको लागि दलभन्दा माथि उठेर सोच्नुपर्ने बेला आएको उनको भनाई छ ।

पार्टीको कामको सिलसिलामा दाङ पुगेका कोइरालाले आज भालुवाङ्मा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कोइरालाले भने,‘मैले देश बचाउनकै लागि संसद्‍मा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भनेर भन्दै आएको हुँ, राजनीतिक दलहरूले देशलाई प्राथमिकतामा नराखेसम्म राष्ट्र बन्दैन, छिटोभन्दा छिटो दुई ठूला दल एक ठाउँमा उभिएर देशलाई निकास दिऊँ।’

सो क्रममा उनले पार्टी एक ढिक्का भएर अघि बढेको र आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउनसक्ने दाबी सुनाए । पछिल्लो समय कोइरालाले एमालेसँग मिलेर निर्वाचन प्रणाली नै फेर्नको लागि संविधान संशोधनको आवाजसमेत उठाउने गरेका छन् । अहिलेको निर्वाचन प्रणालीले कुनै एक दलको बहुमत नआउने र बहुमत नआउँदा देशमा सधैं राजनीतिक अस्थिरता कायम रहने उनको भनाई छ । देशलाई राजनीतिक स्थायित्व दिनको लागि पनि निर्वाचन प्रणाली फेर्नुपर्ने उनको मत छ । file photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP