शनिबार , भाद्र १३, २०८३

डार्बिन । अस्ट्रेलियाको डार्बिन शहरमा आउदो जुन १ तारिख शनिवार नेपाल फेष्टिभल २०२४ हुने भएको छ । गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नर्दन टेरिटोरी राज्य संयोजन समितिको आयोजना र स्थायिन नेपाली समुदायको सहकार्यमा यो फेष्टिभल हुन लागेको हो ।

एन आर एन ए उपाध्यक्ष एवं एनटी संयोजक संजिव ढकाल (गोर्खाली)ले बताए अनुसार डार्बिन शहरको प्रमुख पर्यटकिय क्षेत्र ‘वाटर फन्ट’मा शनिबार ३ बजे देखि राति १० बजे सम्म यो फेटिभल चल्ने छ।

नेपाल हाउस, भर्च्युल नेपाल टुर, साँस्कृतिक झाँकी र खानाका परिकारहरु
संयोजक ढकालका अनुसार महोत्सवको मुख्य आकार्षण नेपाल हाउस हुने छ । उनि भन्छन् , “बिभिन्न सेक्सन रहेको नेपाल हाउस एक मिनि नेपाल हुँनेछ । जहाँ नेपालको परम्परा, चाडपर्व, धर्म, सँस्कृति, नेपाली भाषाको लिपि देखि बाजा र हस्तकलाका समानहरु देख्न सकिन्छ ।”

महोत्सबमा भर्च्युल नेपाल टुर, फोटो बुथ र बालबालिकाहरुको लागि फेस पेन्टिङको पनि ब्यवस्था गरिएको छ । कार्यक्रममा स्थानिय कलाकारहरुले दर्जनौ प्रस्तुतिदिने बताईएको छ  भने नेपाली राष्ट्रिय कलाकारको पनि उपस्थिति रहने छ । गायन, नृत्य र पूर्व मेची देखि पश्र्चिम महाकली र हिमाल तराई सम्मका कला सँस्कृति र भोषभुशा झल्कने कल्चरल परेड पनि स्टेजमा देख्न सकिने छ ।

महोत्सवमा खानका र ब्यवसायिक स्टलहरु रहने छन् । १० देखि २० हजार सम्म दर्शकहरु महोत्सभा सहभागि हुने अनुमान गरिएको नेपाल फेस्टिवल २०२४ का संयोजक भवानी पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP