शनिबार , असार १३, २०८३

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार आगामी जेठमा हुने टी–२० विश्वकपमा नेपाली खेलाडीले लगाउने नयाँ जर्सी सार्वजनिक गरेको छ ।

काठमाडौंमा भएको कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन् ।

नयाँ जर्सीको सबभन्दा तल गैंडा र सगरमाथा छ भने काँधमा नेपालको झण्डा छ । तर जर्सी सार्वजनिक भएपछि झण्डा झुकेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।

क्यानका सचिव पारस खड्काले पहिला र अहिलेको जर्सीमा झण्डाको प्रयोगमा केही फरक नभएको बताउँछन् । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका पारस भन्छन्, ‘ दुबै एउटै हो, पहिलाको जर्सीमा पनि यहिँ नै झण्डा छ । झण्डा झुकेको छैन । ’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP