मंगलबार , बैसाख ९, २०८२

नेपाली कांग्रेस गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको मागबाट पछि नहटेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले काउन्टर माग अघि सारेको छ ।

मंगलबार बिहान बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकले उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको गठन गर्नुपर्ने माग गरेको हो ।

२०४७ यताका उच्च पदस्थ पदमा बसेका सबै व्यक्तिमाथि छानबिन हुने गरी उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने रास्वपा सांसद हरि ढकालले बताए ।

बैठकले प्रमुख प्रतिपक्ष दल कांग्रेसले विना आधार संसदीय छानबिन समितिको माग गरेको निष्कर्ष निकालेको उनले बताए । ‘आधार विना हल्लाको भरमा यस गरिमामय सदनमा संसदीय छानबिन समितिको माग गर्नाले संसदीय व्यवस्थाको नै उपहास भएको छ,’ बैठकको निर्णयमा भनिएको छ ।

हल्लाकै आधारमा संसदीय छानबिन समिति गठन गर्नु न्यायोचित नहुने रास्वपाले जनाएको छ ।

संसदीय समितिमा भएका निर्णयको आधारमा सांसद मनिष झाले संसदमा बोल्ने गरी रास्वपाले तयारी गरेको थियो । सभामुख देवराज घिमिरेले रास्वपाका सांसदलाई झालाई बोल्न समय दिए पनि कांग्रेसले अवरोध सिर्जना गरेपछि उनी बोल्न पाएनन् ।

नयाँ समीकरण बनेपछि न्यूनतम साझा संकल्पमा कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार छानबिन गरिने संकल्प गरेको समेत रास्वपाले जनाएको छ ।

‘हामी आह्वान गर्न चाहन्छौं, प्रतिपक्षी दललाई । एउटा निष्पक्ष , विज्ञसहितको उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बनाऔँ । जसले आम जनताबाट सबै प्रकारको उजुरी लेओस्, त्यसले छानबिन गरोस् सबै सासंदमाथि,’ रास्वपा बैठकको निर्णयमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP