शनिबार , असार १३, २०८३

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।

सोमबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निजि निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारीको बैठकले अधिकारी नेतृत्वको प्रदेश सरकार असंवैधानिक रहेको ठहर गर्दै अदालतको ढोका ढकढक्याउने निर्णय गरेको छ ।

संविधानको धारा १६८ को उपधार २ अनुासर अधिकारी आइतबार गण्डकीको मुख्यमन्त्री नियुक्त भएका थिए । उनले आइतबार नै पद तथा गोपनीयताको शपथ लिँदै हरिबहादुर चुमान र दीपक मनाङेलाई मन्त्रीसमेत नियुक्ति गरिसकेका छन् ।

एमाले माओवादी र स्वतन्त्र सांसद गरि ३१ जनाको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । तर, ३१ जनाको समर्थनमा माओवादी केन्द्रबाट निर्वाचित सभामुख कृष्ण धितालको पनि हस्ताक्षर प्रयोग भएको थियो ।

यसअघि कोशीमा पनि सभामुखलाई सरकार गठनमा प्रयोग गरेको भन्दै अदालतमा रिट परेको थियो । जसमा सर्वोच्चले सभामुखलाई सरकार निर्माणमा सहभागी हुन नमिल्ने फैसला सुनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP